
केहीदिन अगाडि हामीले काजु सेवनका फाइदाबारे जानकारी दिएका थियौँ । आज हामी अर्को महँगो 'ड्राई फ्रुट्स' बदाम सेवनका फाइदाबारे जानकारी दिँदैछौँ । २८ ग्राम काजुमा निम्न मात्राको पोषण पाइन्छ ।
क्यालोरी | १६४ |
कार्बोहाइड्रेट | ६ ग्राम |
फाइबर | ३.५ ग्राम |
प्रोटिन | ६ ग्राम |
फ्याट | १४ ग्राम |
भिटामिन ई | दैनिक आवश्यक मात्राको ४८ प्रतिशत |
म्याग्नेसियम | दैनिक आवश्यक मात्राको १८ प्रतिशत |
योबाहेक बदाममा कपर, भिटामिन 'बी' र फस्फोरसपनि प्रशस्त मात्रामा पाइन्छ ।
बदामका फाइदाहरू
१. छाला नरम बनाउँछ
नियमित रूपमा बदाम सेवनले सुख्खा छालालाई नरम बनाउन निकै सहयोग गर्छ । छालालाई स्वस्थ राख्न बदामले स्वस्थ बोसो बनाउँछ । बदाममा भिटामिन 'ए' र 'ई' पाइन्छ । जसले छालामा प्राकृतिक चमक ल्याउँछ । खानासँगै छालाको सुख्खापनबाट छुटकारा पाउन छालामा बदामको तेल पनि लगाउन सकिन्छ ।
२. तौल नियन्त्रण गर्न
बदाम खाँदा लामो समयसम्म भोक लाग्दैन । यस्तो अवस्थामा खानामा बदाम समावेश गरेर तौल घटाउन सकिन्छ ।
३. स्मरण शक्ति तेज राख्न
हरेक दिन बिहान भिजाएको बदाम खाँदा स्मरणशक्ति तेज हुन्छ । बदाममा पाइने प्रचुर मात्राको प्रोटिनले मस्तिष्कको कोशिकालाई मर्मत गर्न मद्दत गर्छ । यसका साथै यसमा पाइने ओमेगा ३ फ्याटी एसिड र भिटामिन 'ई'ले मस्तिष्कलाई तेज बनाउँछ । नियमित बदाम खाँदा स्मरणशक्ति राम्रो भएर जान्छ ।
४. मुटुलाई स्वस्थ राख्न
स्वस्थ कोलेस्ट्रोलका लागि बदाम लाभदायक मािन्छ । बदाममा पाइने भिटामिन 'ई'ले मुटुसम्बन्धी रोग लाग्नबाट बचाउँछ । हरेक बिहान भिजाएको बदाम खाँदा मुटुलाई स्वस्थ राख्न सकिन्छ । बदामले रक्तसञ्चारलाई पनि नियमित बनाउँछ ।
५. पाचनका लागि उत्कृष्ट
बदाममा प्रशस्त मात्रामा फाइबर पाइन्छ । बदामको सेवनले कब्जियतबाट आराम मिल्छ । बदामले हाम्रो आन्द्रामा स्वस्थ ब्याक्टेरियालाई पनि बढावा दिन्छ । जसले खाना पचाउन र शरीरलाई कुनै पनि रोगसँग लड्न मद्दत गर्छ ।
स्पष्टीकरण : यो सामग्री हेल्थलाइनसहित विभिन्न एजेन्सीहरूको सहयोगमा तयार पारिएको हो । यसले सामान्य जानकारी मात्र प्रदान गर्छ । थप जानकारीका लागि सधैँ विशेषज्ञसँग परामर्श गर्नुहोला ।