site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लगातार तेस्रो जित निकाल्दै एपीएफ फाइनलमा
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोसी प्रदेशलाई सात विकेटले पराजित गर्दै विभागीय टोली एपीएफ राजधानीमा जारी तेस्रो संस्करणको ललितपुर मेयर्स कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा एपीएफले कोसी प्रदेशमाथि जित निकालेसँगै लगातार तेस्रो खेलमा जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो । जितसँगै एपीएफ एक खेलअगावै फाइनलमा प्रवेश गरेको हो । 

कोसीले दिएको ८८ रनको लक्ष्य एपीएफले १८ ओभर एक बलमा तीन विकेट गुमाएर पूरा गर्दै उपाधि नजिक पुगेको हो । एपीएफका लागि ममता चौधरीले अविजित २१ रन बनाइन् । कप्तान सीता राना मगरले १९ रन बनाउँदा इन्दु बर्माले १८ रनको पारी खेलिन् । यस्तै, ओपनर ज्योति पाण्डेले ११ र रोमा थापाले अविजित ११ रनको पारी खेलिन् । कोसी प्रदेशका लागि अलिशा खडिया, कप्तान रुबिना क्षेत्री, निशा साहले समान एक/एक विकेट लिए ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको कोसीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ८७ रन बनायो । कोसीका लागि काजल श्रेष्ठले २९ तथा कप्तान रुविना क्षेत्री २४ रन बनाउँदा अप्सरी बेगमले २२ रन बनाइन् । यस्तै, स्मृति कटुवाल आठ रनमा रनआउट भइन् । एपीएफका लागि कप्तान सीता राना मगरले तीन तथा इन्दु बर्माले एक विकेट लिइन् ।

जितसँगै एपीएफले तीन खेलमा तीन जितसहित ६ अंक बनाएर अंक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । एपीएफको समूह चरणको एक खेल बाँकी रहेको छ । यता कोसी प्रदेशले दुई खेलमा एक जित निकालेर दुई अंक जोडेको छ । कोसीको समूह चरणमा दुई खेल बाँकी रहेको छ ।

Global Ime bank

प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न दिनको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई पनि सात विकेटले पराजित गरेको छ । यससँगै मधेस प्रदेशले जारी प्रतियोगितामा लागातार दोस्रो हार भोगेको छ । 

यस्तै, सुदूरपश्चिमले भने तेस्रो खेलमा दोस्रो जित निकालेको छ । तेस्रो खेलबाट दोस्रो जित निकाल्ने क्रममा सुदूरले मधेसबाट पाएको ६५ रनको लक्ष्य १० ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो । 

सुदूरका लागि रितु कनौजियाले २१ तथा रुबी पोदारले अविजित १४ रनको पारी खेले । कप्तान विन्दु रावलले १० रन जोड्दै पवेलियन फर्किंदा सम्झना खड्का नौ तथा कविता कुँवर एक रनमा आउट भएका थिए । मधेसका लागि सरस्वती चौधरी, सन्तोषी चौथरी र अनुराधा चौधरीले समान एक/एक विकेट लिए ।

त्यसअघि, टस जितेर पहिले ब्याटिङ रोजेको मधेसले १९ ओभरमा सबै विकेट गुमाएर ६४ रन बनाउन सक्यो । मधेसका लागि अलिसा यादव र सरस्वती कुमारीले समान १५/१५ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । मधेसलाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिमका लागि लक्ष्मी साउदले तीन तथा सम्झना खड्का र रितु कनौजियाले समान दुई/दुई विकेट निकाले ।

जितसँगै सुदूरले तीन खेलमा चार अंक जोडेको छ । सुदूर दोस्रो स्थानमा उक्लिएको छ । मधेस भने तालिकाको पुछारमा अंकविहीन छ । प्रतियोगितामा अब खेल सोमबार हुनेछन् । सोमबार पहिलो खेल ललितपुर मेयर्स–११ र मधेस प्रदेश तथा दोस्रो खेल कोसी र सुदूरपश्चिम प्रदेशबीच हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत ११, २०७९  १७:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC