site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
विराट गोल्डकप : आर्मीलाई हराउँदै जावलाखेल सेमिफइनलमा
Sarbottam CementSarbottam Cement

विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगितामा जावलाखेल युथ क्लब अन्तिम चारमा पुगेको छ ।

पेनाल्टी सुट आउटमा आर्मीका सेसेहाङ आङदेम्बे प्रहार पोस्ट बाहिर गएपछि जावलाखेलले आर्मीलाई ६–५ गोल अन्तरले पराजित गरी सेमिफाइनलमा पुगेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

जावलाखेलका विशाल तामाङको गोल निर्णायक बन्यो । 

पहिलो सुटआउट आर्मीका टंक बस्नेतले गरेको गोलले पोस्ट चुम्यो । दोस्रो सुट गरेका जाउलाखेलका विशाल तामाङले पनि बललाई जाली चुमाए । त्यसपछि आर्मीका टेकबहादुर बुढाथोकीले प्रहार गर्दै गोल गरे । जावलाखेलका फोडीफोफानाले पनि गोल गर्दा आर्मीका जिलेप्सीजंग कार्कीले अर्को गोल थपे । जावलाखेलका ईश्वर गुरुङ, आर्मीका सन्तोष केसी र जावलाखेलका छिरिङ लामाको प्रहार पनि गोलमा परिणत भयो । 

Global Ime bank

ट्राइबेकरमा आर्मीका किपर विकेश कुथु र जावलाखेलका समीरराज ठोकरले गोल गर्दा दुवै टिम पाँच–पाँच गोल गर्न सफल भएका थिए । तर, आर्मीका आङदेम्बेको प्रहार पोस्टमाथिबाट बाहिरियो ।

निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले कुनै पनि गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । तीस मिनेट थपिएको अतिरिक्त समयमा पनि आर्मी र जावलाखेलका खेलाडीले कुनैपनि गोल गर्न सकेनन् ।

त्यसपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । 

आर्मीका लागि क्याप्टेन जिलेप्सीजंग कार्की र जवालखेललाई क्याप्टेन सिमान्त थापाले नेतृत्व गरेका थिए । आर्मी हालै सम्पन्न झापा गोल्डकपको उपाधि विजेता हो । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १०, २०७९  २१:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC