site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भोजपुरे, श्यामल र डा. गोपीकृष्णलाई वासु शशी पुरस्कार दिने निर्णय 
Tiktok banner adTiktok banner ad

काठमाडौं । वासु शशी स्मृति परिषद्ले साहित्यकार हिरण्य भोजपुरेलाई ‘वासु शशी साहित्य सम्मान–२०७९’ प्रदान गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको परिषद्को बैठकबाट कवि श्यामललाई नगद राशि २५ हजार रुपैयाँसहित ‘वासु शशी साहित्य पुरस्कार–२०७९’ प्रदान गर्ने निर्णय समेत गरिएको छ ।

यस्तै, डा. गोपीकृष्ण खतिवडालाई २१ हजार रुपैयाँसहित ‘वासु शशी पुरस्कार–२०७९’ प्रदान गर्ने निर्णय गरिएको परिषद्ले जनाएको छ ।

साहित्यकार भोजपुरेका ‘छिटेन’, ‘मेरी आमै’ र ‘मेरी आमा ओ आमा’, ‘चौबाटोको चारैतिर’, ‘जँघारहरू’, ‘रङ्गहरू’ ‘नेपाली गीत–सङ्गीतका केही रङ केही तरङ’, ‘अमेरिका ओ अमेरिका’लगायत कृतिहरू प्रकाशित छन् ।

कवि श्यामलका ‘तपाईंहरू मार्फत्’, ‘लयब्रह्म’, ‘हतारमा यात्रा’, ‘कविले रोजेका कविता’, ‘रित्तो गाउँ’लगायत कृतिहरू प्रकाशित छन् ।

डा. खतिवडाले नेपाल संस्कृत विश्वविद्यालयबाट ‘वासु शशीका नाटकमा नाट्यतत्त्व’ शीर्षकमा विद्यावारिधि उपाधि प्राप्त गरेका छन् ।

प्रसिद्ध कवि एवं नाटककार वासु शशीको ८७औँ जन्मजयन्तीको अवसर पारेर आउँदो चैत १३ गते आयोजना हुने कार्यक्रममा उक्त सम्मान प्रदान गरिने परिषद्का सचिव प्रधुम्न जोशीले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १४:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro