site stats
खेल
इनिएस्टासँग बार्सिलोनाका युवा मिडफिल्डर पेड्रीको तुलना

काठमाडौं । बुधबार रियाल बेटिसलाई हराउँदै स्पेनिस ला लिगाको शीर्ष स्थानमा आठ अंकको स्पष्ट अग्रता बनाएपछि बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी हर्नान्डेजले क्लबका मिडफिल्डर पेड्रीलाई आफ्ना पूर्व सहकर्मी आद्रेज इनिएस्टासँग तुलना गरेका छन् ।

राफिन्हा र रोबर्ट लेवान्डोवस्कीले गोल गर्दा लिगको उपाधि दौडमा रहेका बार्सिलोनाले बेटिसलाई २–१ ले हराएको थियो । खेलमा बेटिसले बार्सिलोनाकै जुलेस काउन्डेबाट आत्मघाती गोल उपहार पाएको थियो । 

S.A.U
Agani Group

बेटिसविरुद्ध मिडफिल्डमा प्रभावशाली प्रदर्शन देखाएका पेड्रीले दुई मौकाको सृजना गर्दा फाइनल थर्डमा खेलकै सबैभन्दा धेरै ३० पास पूरा गरेका थिए । 

“उनी छुट्टै स्तरमा रहेका खेलाडी हुन् । मैले अहिलेसम्म पेड्रीजस्तो खेलाडी निकै कम देखेको छु,” बेटिसविरुद्ध पेड्रीबाट प्रभावित प्रशिक्षक जाभीले भने, “उनी क्षमतावान छन् । उनी इनिएस्टाकै स्तरमा छन् । तर, इनिएस्टा यो स्तरमा लगातार कायम रहे र अझै पनि यही स्तरमा खेलिरहेका छन् ।”

Global bank

जाभी र इनिएस्टा दुवै बार्सिलोनाको एकेडेमी ‘ला मासिया’ का उत्पादन हुन् । यी दुईले २००२ देखि २०१५ सम्म बार्सिलोनाको सिनियर टिममा एकसाथ खेलेका थिए । जाभी र इनिएस्टाको जोडीले १० ला लिगा र चार च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

“इनिएस्टा मैले स्पेनिस फुटबलमा देखेको सबैभन्दा उत्कृष्ट प्रतिभा हो र अहिले पेड्रीमा पनि उनको जस्तै प्रतिभा देख्छु । पेड्री खेलमा प्रभाव पार्न सक्ने खेलाडी हुन् र यो काम उनले गर्दै आएका पनि छन्, जाभी थप्छन् ।”
 

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १४:१८
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय