site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

लोकतन्त्र अभ्यासका क्रममा खारिँदै जाने प्रद्धति हो । त्यसमा पनि संसदीय पद्धतिमा त झन् लचिलो भएकाले अभ्यासमा परिमार्जन भइरहन्छ । तर, केही आधारभूत मूल्य र लोकतान्त्रिक मान्यता छाडियो भने संसदीय लोकतन्त्रमा विकृति भित्रिन्छ ।

सम्भवतः नेपाल यही विकृति भित्रिने चरणमा पुगेको छ । संसद्को नेता प्रधानमन्त्रीलाई ‘ब्याकमेल’का शैलीमा घुर्की लगाउने तमासा गरिन्छ । मन्त्रीहरू नै संविधानविरुद्ध सार्वजनिकरूपमा बोल्छन् । स्वार्थको द्वन्द्व जताततै देखिएको छ ।

राहदानी छानबिन भइरहेको व्यक्तिलाई सांसद् नभए पनि तत्काल गृअमन्त्री नभई भएको छैन । सहरी विकास मन्त्रीलाई आफ्नै कम्पनीले लिएको ठेक्काको म्याद थप्नु परेको छ । वैदेशिक रोजगार व्यवसायी श्रममन्त्री बनाइन्छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यी कुनै पनि अभ्यास संसदीय लोकतन्त्रका मूल्य, मान्यता र मर्यादाका दृष्टिबाट उचित होइनन् । यथार्थमा यसरी आफ्नै स्वार्थ जोडिएका विषयमा निर्णय गर्ने पदमा जान चाहनुलाई नै अनैतिक मानिन्छ । 

स्वार्थको द्वन्द्व प्रकारान्तरले भ्रष्टाचार नै हो । व्यवसायी स्वयं नै तालुकवाला मन्त्री भए पनि निर्णयमा एकाधिकार र तजबिज बढ्छ । पारदर्शिता र जवाफदेही बढ्दा भ्रष्टाचार कम हुन्छ भने एकाधिकार र तजबिजी अधिकारको अभ्यासले भ्रष्टाचार बढाउँछ । 

Global Ime bank

नेपालको संविधानको धारा ७६ (१०)मा “प्रधानमन्त्री र मन्त्री सामूहिकरूपमा संघीय संसद्प्रति” र मन्त्री “व्यक्तिगतरूपमा प्रधानमन्त्री र संघीय संसद्प्रति” उत्तरदायी हुने उल्लेख छ । यसको अर्थ मन्त्रीहरूको अभिव्यक्ति र कामकारबाहीमा प्रधानमन्त्रीको पनि नैतिक जिम्मेवारी हुन्छ भन्ने नै हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले पटकपटक नेपालको संविधान र संघीयता, धर्मनिरपेक्षता, गणतन्त्रजस्ता आधारभूत मान्यताप्रति सार्वजनिकरूपमै प्रतिबद्धता प्रकट गरेका छन् । तर, उनका मन्त्रीहरू र सत्ता साझेदारहरूको व्यवहारले भने उनको प्रतिबद्धता पनि सन्देहको घेरामा परेको छ ।

यसैले अभियुक्तलाई मुद्दामा छानबिन गर्ने तालुक मन्त्रालयकै मन्त्री बनाउने, ठेकेदारलाई ठेक्कापट्टाकै जिम्मेवारी सुम्पने वा रोजगार व्यवसायीलाई नै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सुम्पने गल्ती उनले सच्याउनुपर्छ । अदालतको निर्णयबाट मिलेको मौका नगुमाउन् ।

कुनै मन्त्रालय राजनीतिक दल विशेषको पेवा होइन । कम्तीमा स्वार्थको द्वन्द्व नहुने गरी कार्य विभाजन गर्ने दायित्व र अधिकार प्रधानमन्त्रीको हो । संसदीय शासन प्रणालीको आधारभूत मान्यता उल्लङ्घन हुँदा दोष मूलतः प्रधानमन्त्रीलाई नै लाग्छ । प्रधानमन्त्री दाहालको सफलताको एउटा कसी पनि यही हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १२:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC