site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अमेरिकी सपनाको मूल्य : क्यालिफोर्निया नरसंहारले आप्रवासीहरूमा बन्दुक हिंसाको डर बढायो 
Ghorahi CementGhorahi Cement

हाफ मुन बे/मोन्टेरी पार्क । जब जोसे रोमेरो मेक्सिको र चीनका अन्य आप्रवासीहरूसँगै ‘अमेरिकी सपना’ बोकेर क्यालिफोर्नियाको फार्ममा काम गर्न दुई वर्षअघि त्यहाँ आइपुगेका थिए । उनी अमेरिकालाई सुरक्षित बासस्थान मान्दथे । 

तर, रोमेरो सान फ्रान्सिस्को नजिकै रहेको हाफ मुन बेमा सोमबार एक बन्दुकधारीले हानेको गोली लागेर खेतका अन्य ६ जना कृषि मजदूरसँगै मारिए । लस एन्जलसको दक्षिणमा रहेको एसियाली अमेरिकी समुदाय, भर्खरै मोन्टेरी पार्कको डान्स स्टुडियोमा गोलीकाण्डको दुई दिनपछि घटेको सो घटनाले बन्दुक हिंसासँग परिचित भए पनि उनीहरु स्तब्ध भएका छन् ।

दुई दिनको अल्पविराममा पालैपालो भएको घटनाले १८ जनाको ज्यान लियो । सो घटनाले दुवै घनिष्ठ समुदायलाई भित्रैबाट हल्लाइदिएको छ । जसले आप्रवासीहरुलाई सुनौलो भविष्यको खोजीमा त्यहाँ आकर्षित गरेको थियो ।

Agni Group

“तपाईँ आफ्नो जीवन सुधार गर्न खोज्नुहुन्छ र त्यसपछि तपाईं यहाँ यसरी समाप्त हुनुपर्नेछ,” रोमेरोको काकाका छोरा जोस जुआरेजले भने । शान्त र उदास बसेका उनले हाफ मुन बे स्ट्रिप मलमा रहेको मेक्सिकन रेस्टुरेन्टमा खाना पकाउनबाट विश्राम लिएका थिए ।

प्रहरीले हमलाहरू समुदायमा परिचित आक्रमणकारीहरूले गरेको बताएका छन् । जसमा ७२ वर्षीय हुउ क्यान ट्रान मोन्टेरी पार्क डान्स स्टुडियोमा बारम्बार जाने गर्थे र ६६ वर्षीय चुन्ली झाओ, हाफ मुन बे फार्ममा काम गर्थे । आप्रवासी समुदायहरु अमेरिकामा जातीय विभेद र आक्रमणको निसाना बन्दै आएका थिए । यी परिचित आक्रमणकारीहरुले आप्रवासीहरुमा झन् डरको भावना थपिदिएको छ ।

Global Ime bank

क्यालिफोर्निया विश्वविद्यालय, लस एन्जलसद्वारा संकलन गरिएको एक तथ्यांकअनुुसार क्यालिफोर्नियामा बस्ने ३२ प्रतिशत एसियाली आप्रवासीहरू र २३ प्रतिशत ल्याटिनो आप्रवासीहरू त्यहाँ हुने बन्दुक हिंसाको घटनालाई लिएर ‘धेरै चिन्तित’ छन् । जुन अमेरिकामा जन्मेका मानिसहरूले रिपोर्ट गरेको डरको स्तरभन्दा तीन गुणा बढी रहेको तथ्यांकलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

बढ्दो नरसंहारले केही मानिसहरूका लागि यी चिन्ताहरू बढाएको छ । एन्टोनियो पेरेज, सन् १९८३ मा मेक्सिकोबाट बसाइँ सरेर हाल हाफ मुन बेमा बस्छन् । उनी आफ्नो मातृभूमिमा लागुऔषधको हिंसा र अमेरिकामा बन्दुक हिंसाको बीच फसेको महसुस गर्छन् । भन्छन्, “हामीले यहाँ यस प्रकारको अतिवादको अपेक्षा कहिल्यै गरेका थिएनौँ । कस्तो दुःखद् घटना !”

डान्स हल गोलीकाण्डपछि करिब ३८० माइल दक्षिणमा, मोन्टेरी पार्कमा बस्ने स्थानीयले अमेरिकाको विष जस्तो फैलिँदै गएको बन्दुक संस्कृति र महामारी बन्दै गएको सामूहिक गोली हान्ने प्रचलनले एसियाली–अमेरिकी समुदायहरूमा चिन्ता फैलाएको बताएका छन् । “अमेरिकीहरूसँग बन्दुक हुन सक्छ, त्यहाँ जताततै बन्दुकहरू छन्,” चीनबाट आएका आप्रवासी ३६ वर्षीय फ्रान्क हिओले भने, “जुन यहाँ खतरनाक बनेको छ ।”

तर, एसियाली पसल र रेष्टुरेन्टहरूका लागि चिनिने चर्चित क्षेत्रका केही मानिसहरूले बन्दुकधारी समुदायभित्रबाट आएको भन्दै दुःख व्यक्त गरेका छन् । ३८ वर्षअघि फिलिपिन्सबाट अमेरिका आएका ७२ वर्षीय रोलान्डो फाभिसले भने, “गोली हान्नेहरु एसियाली हुन् र पीडितहरू पनि एसियाली नै हुन् ।”

तर, धेरैले उनीहरू वर्षौँदेखि आफ्नो सुरक्षाको बारेमा बढी चिन्तित हुँदै आएको स्पष्ट पारेका छन् । जसमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिड १९ महामारीमा चीनलाई दोष दिँदै गरेको बयानबाजीले एसियालीविरुद्ध घृणा–अपराधहरुको वृद्धि भएको उनीहरुको बुझाइ छ ।

महामारीपछि, एसियाली–अमेरिकी समुदायमा बन्दुक स्वामित्व बढेको छ । मिसिगन विश्वविद्यालयले गरेको अध्ययनअनुसार बन्दुक भएकामध्ये एकतिहाइले एसियाली विरोधी घटनाका बीचमा आफूले हतियार धेरैपटक बोकेको र अर्को एकतिहाइले आफूले घरमा बन्दुक लोड वा अनलक राखेको बताएका थिए ।

मोन्टेरी पार्क नरसंहारको घटनास्थलबाट तीन माइल टाढा अल्हम्ब्राको युरो आम्र्स इंक गन स्टोरमा स्टोर सहायक वेज्ली चानले सो क्षेत्रमा महामारीको सुरुआतदेखि एसियाली–अमेरिकीलगायत सबैमा बन्दुकको बिक्री बढेको रोयटर्सलाई जानकारी दिएका छन् ।  उनले भने, “त्यसबेला सबैजना डराएका थिए र आफ्नो सुरक्षा गर्न चाहन्थे ।”

क्यालिफोर्निया विश्वविद्यालयको एक अध्ययनअनुसार ल्याटिनो र गोरा आप्रवासीहरुको तुलनामा लगभग ९.३ प्रतिशत एसियाली आप्रवासीहरूले क्यालिफोर्नियामा आफ्नो घरमा बन्दुक राख्छन्, जहाँ ल्याटिनोले ५.६ प्रतिशत र गोराले १२ प्रतिशत बन्दुक राख्ने गरेका छन् । 

समग्रमा, सबै पृष्ठभूमिका लगभग १७.६ प्रतिशत क्यालिफोर्नियालीहरूले घरमा बन्दुक राख्ने गरेको अध्ययनका प्रमुख अनुसन्धानकर्ता निनेज पोन्सले भने ।

बन्दुकधारी ट्रान र झाओ दुवैले घटनामा अर्ध–स्वचालित पेस्तोल प्रयोग गरेका थिए । उनीहरुले बन्दुक कहाँ र कहिले खरिद गरे प्रहरीले बताएको छैन ।

स्रोत : रोयटर्स
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  ०९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC