site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विश्व बैंकको निर्णयप्रति भारतको कडा आपत्ति
काठमाडौं । भारतले जम्मु-काश्मिरको किशनगंगा तथा रातले जलविद्युत परियाजनाको बारेमा पाकिस्तानले गरेको  गुनासोको सुनुवाई गर्न मध्यस्थता अदालत गठन गर्ने र तटस्थ विशेषज्ञ नियुक्त गर्ने विश्व बैंकको निर्णय ‘अस्पष्ट’ भन्दै आपत्ति जनाएको एनडीटीभीले  उल्लेख गरेको छ । 
यस अघि भारतले विश्व बैंक समक्ष एक तटस्थ विशेषज्ञ नियुक्त गर्न माग गरेको थियो भने पाकिस्तानले मध्यस्थता अदालत गठन गर्न माग गरेको थियो ।
तर दुवै विषय एकै पटक अगाडि बढाउने विश्व बैंकको निर्णयलाई भारतले  ‘कानुनी रूपबाट असमर्थनीय’ भएको बताएको छ ।
“विश्व बैंकले अस्पष्ट तरिकाबाट  एकै पटक दुई समानान्तर संयन्त्र अगाडि बढाउने निर्णय गरेको छ,” भारतको विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले भनेका छन् ।
उनले भारतले यस विषयमा अगाडिका विकल्पमा छलफल गर्ने र उपयुक्त कदम चाल्ने बताएका छन् ।
तटस्थ बिशेषज्ञहरुलाई पाकिस्तानको  किशनगंगा तथा रातले जलविद्युत आयोजना भारत विरुद्धको गुनासो माथि विचार गर्न भनिएको छ ।
पाकिस्तानले उक्त आयोजनाहरुको डिजाइन १९६० को भारत पाकिस्तान बीचको इन्दस सम्झौता सँग नजोडिएको बताएको छ ।
त्यस्तै पाकिस्तानले यी दुई जलविद्युत परियोजनले बनाएका पानी शंकलन गर्ने कार्यालयले पाकिस्तानका नदीहरुको पानी प्रवाहलाई कम गर्ने भन्दै आपत्ती जनाएको छ ।
दिल्लीले उक्त विवादको टुङ्गो लगाउन तटस्थ विशेषज्ञको नियुक्ति मागेको थियो ।
भारतका अनुसार तटस्थ विशेषज्ञले विषयलाई हेरिरहेको बेला अन्य कुनै संयन्त्रको अस्तित्व हुँनु हुँदैन भन्ने इन्दस सम्झौताले स्पष्ट पारेको छ ।
 
 
machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७३  १५:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro