site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोप फ्रान्सिस्कोको निधन

काठमाडौं । क्याथोलिक क्रिस्चियनका धर्मगुरु पोप फ्रान्सिस्कोको निधन भएको छ । सोमबार बिहान उनको ८८ वर्षको उमेरमा निधन भएको भ्याटिकन सिटीले जनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, उनको आफ्नै निवास, भेटिकनको कासा सान्ता मार्तामा निधन भएको हो ।

उनको विश्वका शीर्ष नेताहरूले उनप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले उनलाई नम्रताको प्रतीक भनेका छन् । नेदरल्यान्ड्सका प्रधानमन्त्री डिक स्कुफले उनलाई क्याथोलिक र अन्य सबैका लागि आदर्श व्यक्ति भनेर टिप्पणी गरेका छन् ।

उनको एकदिन अघिमात्र सेन्ट पिटर्स स्क्वायरमा उपस्थित भएर उनले हजारौँ भक्तजनलाई इस्टरको शुभकामना दिएका थिए ।

बीबीसीबाट ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १४:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro