विदेश
काठमाडौं । भारतको केन्द्रीय बैंक रिजर्व बैंक अफ इन्डियाले उसले बजारमा ल्याएको २००० रुपैयाँको नोटमा एक खास किसिमको चिप राखिएको र यसबाट ती नोटहरूलाई ट्रयाक गर्न सकिने भन्ने हल्लालाई निराधार बताएको छ ।
भारतमा खासगरि सामाजिक संजालहरुमा सरकारले हालै पुराना ५०० तथा १००० रुपैयाँका नोटहरूलाई प्रतिस्थापन गर्न जारी गरेका रु २०००को नयाँ नोटहरूमा त्यस्तो प्रकारको चिप नरहेको केन्द्रीय बैंकले बताएको छ ।
भारतले बिहीवारबाट नयाँ उक्त नोट जारी गरेका त्यहाँको एक पत्रिका दि हिन्दुले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७३ १४:४८
प्रतिक्रिया दिनुहोस्