विदेश
काठमाडौं । भारतको उत्तर प्रदेशस्थित गाजियावादमा शुक्रबार एक गार्मेन्ट फ्याक्ट्रिमा आगो लाग्दा त्यहाँ काम गर्ने १३ जना मजदुरको जलेर मुत्यु भएको छ । गाजियावादको साहिबावाद भन्ने स्थानमा रहेको सो गार्मेन्ट फ्याक्ट्रिमा आगो लाग्दा ती मजदुरहरुको अस्पताल लग्नुअघि नै मृत्यु भएको भारतीय पत्रिका ‘द हिन्दुस्तान टाइम्स’ ले जनाएको छ ।
आगलागीमा अन्य १७ जना मजदूर घाइते भएको र उनीहरुको जीबीटी अस्पतालमा उपचार भइरहेको छ । घना बस्तिसँगै रहेको फ्याक्ट्रीमा ज्याकेट बनाउने काम गरिन्थ्यो ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७३ १२:४९
प्रतिक्रिया दिनुहोस्