विदेश
काठमाडौं । एक चिनियाँ उच्च प्रहरी अधिकृत प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलकोे जिम्मेवारी पाएको बीबीसीले जनाएको छ ।
चीनको जन सुरक्षा विभागका उपमन्त्री मेन्ग होङ्गवोई इन्टरपोलको प्रमुख पदमा पुग्ने पहिलो चिनियाँ नागरिक हुन् ।
उनको कार्यकाल चार बर्षको हुने बताइएको छ ।
तर मानवाधिकारका लागि काम गर्ने अन्तर्राष्ट्रिय संस्था एम्नेस्टी इन्टरनेशनलले भने मेन्ग होङ्गवोई को नियुक्तिप्रति चिन्ता जनाएको छ । एम्नेस्टीले मेन्ग होङ्गवोइको दुरूपयोग गरी चीनले बिदेशमा राजनीतिक शरण लिएका आप्रबासी चिनियाँविरुद्ध कारवाही गर्न सक्ने बताएको छ ।
द
प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७३ १०:२९
प्रतिक्रिया दिनुहोस्