site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ढल्केबरमा सवस्टेशन निर्माण एक महिना ढिला हुने
काठमाडौं । ढल्केबरमा २२० केभी क्षमताको सवस्टेशन निर्माण द्रुत गतिमा भइरहे पनि निर्धारित समयमा सम्पन्न नहुने देखिएको छ । 
पुसको पहिलो साता सम्पन्न हुने गरी चीनियाँ ठेकेदारले काम अघि बढाए पनि  धेरै काम बाँकी रहेकाले केही दिन ढिलाइ हुने संभावना बढेको हो । ठेकदार सेन्ट्रल चाइना पावर ग्रीड कर्पोरेशनले दिनरात तीव्र गतिमा काम अघि बढाए पनि समय थोरै भएकाले १ महिना ढिलाइ हुने सम्भावना रहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बताउँछन् । बाह्रखरीसँग कुरा गर्दै घिसिङले भने “२ वर्षमा सकिने काम २ महिनामा सक्नुपर्ने भएकाले बढीमा १ महिना ढिलाइ हुन सक्ने देखिएको छ । निर्धारित समयमा काम सम्पन्न गर्न लागि परेका छौँ ।” उनले कन्टिजेन्सी प्लान बनाउने तयारी भएको जानकारी दिए ।  
आउँदो हिउँदमा विद्युतभार कटौती (लोडसेडिङ) कम गर्न विद्युत् प्राधिरकणले मुज्जफपुर –ढल्केबर अन्तरदेशीय प्रसारणलाइनबाट २ सय मेगावाट बिजुली आयातको तयारी गरेको छ । सो प्रसारणलाइनबाट हाल ८० मेगावाट बिजुली आयात भइरहेको छ । थप बिजुली आयात गर्न ढल्केबरमा  २२० केभी क्षमताको प्रशारणलाइन बनाउन आवश्यक छ । सरकारले भारतबाट ५८० देखि ६ सय मेगावाटसम्म बिजुली आयातको तयारी गरिरहेको छ । 
प्रसारणलाइनमा ढिलाइ भएपछि ऊर्जामन्त्री जनार्दन शर्माले गत भदौको पहिलो साता ढल्केबरमा गएर आउँदो डिसेम्बरसम्म सवस्टेशनको काम सम्पन्न गर्न ठेकेदारसँग सहमति गराएका थिए । मन्त्री शर्माले सहमति गराएपछि ठेकेदारले काम थालेको हो । सरकारले  भारतबाट बिजुली आयात गरेर लोडसेडिङलाई दैनिक ७ घण्टामा सिमित गर्ने तयारी गरेको छ । 
१३२ केभीमा चार्ज गरेर ८० मेगावाटसम्म बिजुली आयात भइरहेकोमा थप बिजुली खरिद गर्न प्राधिकरणले सवस्टेशनको क्षमता बढाउन नयाँ निर्माण गर्न लागेको हो । २२० केभी सवस्टेशन निर्माणपछि भारतबाट ३ सय मेगावाटसम्म विजुली सहज आपूर्ति हुने देखिएको छ । ४ सय केभीमा चार्ज भएपछि यो प्रसारणलाइनबाट १ हजार ५ सय मेगावाटसम्म विजुली आपूर्ति गर्न सकिने छ । 
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७३  १४:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro