site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं । तपाईं वैदेशिक रोजगारीमा जाँदै हुनुहन्छ भने सम्बन्धित देशबारे जानकारी लिन ०१–४१०५०५८ मा फोन गरेर जानकारी लिन सक्नुहुनेछ । 
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको नवौँ स्थापना दिवसका अवसरमा नेपालीहरु सबैभन्दा बढी वैदेशिक रोजगारीमा जान चार मुलुक कतार, मलेसिया, साउदी अरब र संयुक्त अरब इमिरेट्स (युएर्इ) बारे जानकारी दिने डिजिटल अडियो नोटिस बोर्ड सेवाको बिहीबार शुभारम्भ गरियो ।  
श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले फोन डायल गरेर सेवाको आरम्भ गरे । ०१–४१०५०५८ नं मा डायल गरी फोन उठेपछि १ नं डायल गरे कतार, २ नं डायल गरे मलेसिया, ३ नं डायल गरे युएइ र ४ नं डायल गरे साउदीअरब बारे जानकारी पाउन सकिनेछ । 
देश रोजिसकेपछि सम्बन्धित देशको भाषा, तापक्रम, मुद्रा, उत्पादन, धर्म, कला, संस्कृति, दुर्घटनाबाट बच्ने उपाय, रोगबाट बच्ने उपायबारे जानकारी दिइन्छ । मन्त्री गुरुङले डिजिटल अडियो नोटिस बोर्ड सेवाले विदेशिने युवाहरुले समग्र जानकारी पाउने विश्वास व्यक्त गरे ।  
उनले वैदेशिक रोजगारीका क्षेत्रमा देखिएको विकृति अन्त्यका लागि आफूले सक्दो पहल गरिरहेको बताए ।  बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्ले हाललाई चार देशको सूचना दिने व्यवस्था मिलाइएकामा क्रमशः अन्य देशको समेत थपिँदै लैजाने जानकारी दिए । रासस 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७३  १८:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro