site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानको कराँचीमा दुई रेल ठोक्किँदा १९ जनाको मृत्यु, ५० घाइते
काठमाडौं । पाकिस्तानको कराँची सहरमा रेल दुर्घटना हुँदा कम्तिमा १९ जनाको ज्यान गएको छ भने ५० जना घाइते भएका छन् । पाकिस्तान रेलवेका एक अधिकारीका अनुसार उक्त दुर्घटना बिहीबार बिहान कराँचीको नसिर नजिरको एक रेल स्टेशनमा दुईवटा रेल ठोक्किएर भएको समाचार संस्था दि इन्डियन एक्सप्रेसले जनाएको छ ।
दोस्रो रेलका ड्राइभरले पहिलो रेलको संकेत बेवास्ता गरेकाले दुर्घटना भएको एक रेलवे अधिकारीले दुर्घटनाको कारण भएको बताएका छन् ।
ज्यान गुमाउनेहरुमा तीन महिला तथा दुई बालबालिका पनि भएको बताइएको छ । घाइते मध्ये पाँच जनाको अवस्था  चिन्ताजनक रहेको पनि बताइएको छ ।
उद्दारको काम अझै जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने समाचारमा उल्लेख छ ।  
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७३  १४:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro