site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुखर्जीसँग संयुक्त मधेसी मोर्चाले भेटवार्ता गर्दै
काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जी र मधेसी मोर्चाका नेताहरुबीच बिहीबार साँझ आठ बजे होटल हायातमा  भेटवार्ता हुँदैछ । तीन दिने औपचारिक भ्रमणका लागि बुधबार नेपाल आएका भारतीय राष्ट्रपति मुखर्जीले मोर्चाका नेताहरुसँग बिहीबार सामुहिक भेट गर्न लागेको मधेसी फोरम (गणतान्त्रिक)का अध्यक्ष राजकिशोर यादवले जानकारी दिए ।  
राष्ट्रपति कार्यालयबाट भेटको लागि आमन्त्रण गरिएकाले कुनै विशेष विषयमा नभई सामान्य भेटघाटमात्र हुने यादवले जानकारी दिए । उनले राष्ट्रपति मुखर्जीसँग भेट्नुभन्दा अघि मोर्चाको शीर्ष नेताहरुको बैठक बस्ने बताए । फोरम गणतान्त्रिकका अध्यक्ष यादवले भने, “संवैधानीक राष्ट्रपतिसँग कुनै विशेष कुराकानी हुँदैन । तर भारतीय राष्ट्रपति ज्यूसँग हाम्रो सामुहिक भेट हुने भएकोले भेटमा के विषयमा छलफल गर्ने भनेर हामी उहासँगको भेट अघि नै मोर्चाका शीर्ष नेताहरु छलफल गर्छाैं ।”
हायातमा हुने भेटमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारी, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रप्रसाद यादव, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा र मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)का तर्फबाट यादव स्वयम उपस्थित हुने उनले जानकारी दिए । 
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७३  १२:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro