site stats
बाह्रखरी :: Baahrakhari
खेल
सन्तोष र पवन वर्ल्ड च्याम्पियनशिपका लागि छनोट
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । सन्तोष राई र पवन भट्टराई आइवा युथ वर्ल्ड च्याम्पियनशिपका लागि छनोट भएका छन् । रसियाको सेन्स पिटरवर्गमा  नभेम्वर १४ देखि २७ सम्म हुने प्रतियोगितामाका लागि सुनसरीका सन्तोष र नक्शालका पवन छनोट भएका हुन् ।
नेपाल बक्सिङ संघको आयोजनामा त्रिपुरेश्वरस्थित केन्द्रिय बक्सिङ प्रशिक्षण केन्द्रमा सञ्चालन भएको छनोटमा सन्तोषले ५२ केजी तौल समूहको अन्तिम खेलमा मेगदुतका प्रदिप घिमिरेलाई स्पिलिटको आधारमा २–१ ले पराजित गदै वल्र्ड च्याम्पियानशिपमा स्थान पक्का गरे । त्यस्तै नक्शालका पवनले ६४ केजी तौल समूहमा नक्शालकै सुमित पिठाकोटीलाई अंकका अधारमा पाखा लगाउदै छनोट भए । 
 
प्रकाशित मिति: शुक्रबार, असोज २८, २०७३  १७:३४
प्रतिक्रिया दिनुहोस्