site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नयाँ लुगा गाउँभरि डुलेर देखाइन्थ्यो
Tiktok banner adTiktok banner ad
उमेर छिप्पिँदै गएपछि जिम्मेवारी पनि बढ्दै जाँदो रहेछ । बचपनामा दसैं आउनुभन्दा महिना दिन अघिदेखि नै दसैंको गन्ध आएको जस्तो हुन्थ्यो । बुबा आमालाई दसैं नआइकनै हामी केटाकेटीलाई भने दसैंको रौनकले छोइसकेको हुन्थ्यो ।
हामी बच्चा हुँदा अहिलेको जस्तो रेडिमेड कपडा पाइँदैनथ्यो । त्यसमा पनि सर्लाहीको गाउँमा त पाइने कुरै भएन । दुई महिना अगाडि बुबाले कपडाको सर्ट पाइन्ट बजारबाट किनेर ल्याइदिनुहुन्थ्यो । त्यसलाई दर्जीकोमा सिलाउन दिने चलन थियो । कहिले किन्ने, कहिले छेक्न जाने अनि कहिले सिलाउने भन्ने कुराको व्यग्र प्रतीक्षा हुन्थ्यो ।
 बल्लबल्ल बजारबाट किनेर ल्याएको कपडा दर्जीले सिलाउन भने ढिलो गर्दिने । 
म दिनहुँ जान्थें । बल्ल बल्ल सिलाएको नयाँ लुगा लगाएर दसैं अगाडि नै गाउँभरि देखाउन हिँडिन्थ्यो । कसको राम्रो भनेर समकालीनहरुलाई देखाइन्थ्यो । त्यो बेलाको छुट्टै रमाइलो थियो । 
खसी दसैंका अर्को आकर्षण हुन्थ्यो । खसी किन्न बुबासँगै बजार र गाउँगाउँ हिँडिन्थ्यो । तेरो खसी ठूलो कि मेरो खसी ठूलो भनेर हामी तुलना गथ्र्यौं । तेरो भन्दा मेरो खसी छिप्पिएको, ठूलो भनेर तुलना गरिन्थ्यो । त्यो त्यस्तै उमेर रहेछ, सबै कुरा रमाइलो लाग्ने । 
अर्को कुरा दसैं भन्ने बित्तिकै टीका जोडिएर आउँछ । दसैंमा यो दिन मुख्य दिन हो भनेर त पछि ठूलो हुँदै गएपछि मात्रै थाहा पाइयो । खसी ढाल्ने दिन अष्टमी चाहिँ दसैंको मुख्य दिन हो जस्तो लाग्थ्यो ।
टीकामा दिदी बहिनीहरुलाई मात्रै टीका लगाएर पैसा दिने चलन थियो,जुन अहिले पनि छ । आफूले नपाए पनि दिदी बहिनीहरुलाई तेरो कति पैसा जम्मा भयो ? भनेर सोधिन्थ्यो । उनीहरूलाई पैसा दिएको देख्दा खुब इष्र्या लाग्थ्यो । 
हामीलाई त पैसा पाउने भनेको मामा घरमा मात्रै थियो । जुनमामाले धेरै पैसा दियो,त्यही मामा नै वर्षभरिका लागि राम्रो लाग्थ्यो ।अर्को साल अर्कै मामाले धेरै पैसा दिनुभयो भने त्यही मामा असल लाग्थ्यो । अहिले सम्झिँदा सबै उमेरको कारण जस्तो लाग्छ,ती दिनहरु साँच्चै रमाइला थिए । 
अहिले भने जिम्मेवारी बढ्यो । काममा धेरै समय खर्चिनुपर्छ । कमैमात्रै घरमा बसेर दसैंै मनाउने अवसर मिल्छ । यो वर्ष म सुटिङमै व्यस्त भएँ । त्यसैले दसैंमा टीका थाप्न मात्रै दसैंमा घर गइन्छ । आशीर्वाद लिने भन्दा बढी केही गर्न पाइँदैन । दसैंपछि लगत्तै मैले आफ्नै सिनेमाको घोषणा गर्दैछु । त्यसैले पनि यो दसैंमा लामो समय घर बस्न पाइएन । 
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज २५, २०७३  १५:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro