जाम नहुने हो भने कौसलटारबाट एयरपोर्ट पन्द्र देखि बीस मिनेटमा पुगिन्छ । झन आफ्नै सवारी साधन हुदा त दश मिनेट भन्दा बढि लाग्दैन । अचेल यहि दुरी पारगर्न दैनिक पैतालिस मिनेट देखि एक घण्टा लाग्छ । यहाको ट्राफिक जाम कहिलेकाही नयाँ ठिमी पुग्छ ।
सरकारी ओहदाका ठुलै मान्छेको सवारी चल्यो भने गाडि भित्र बाफिएर बस्नुभन्दा हिड्नै फाइदा हुन्छ ।
तिनका सवारीहुदा आफुखी हिड्न पनि पाहिदैन । आफ्नो गन्तव्य छोडेर पुलिसले जता जा भन्छ त्यतै जानुपर्छ । यो रुटमा मेरो कार्यालय परेको कारण विगत केही बर्षदेखि दैनिक जसो आउजाउ गरिरहेको हुन्छु । यहाको ट्राफिक जाम घट्नुको सट्टा झन बढिरहेको त यहाँ आउजाउ गर्ने सबैले भोगेकै हुनुपर्छ ।
भक्तपुरबाट रत्नपार्क जाने पाँचवटा बस आउदा चाबहील जाने एउटा गाडी आउछ । रत्नपार्क जाने बसको तुलनामा यो रुटमा कमै सार्वसाधारण बोक्ने बसहरु चल्छन । एक मात्र अन्तर्राष्ट्रिय एयरपोर्ट, केएसी अस्पताल, र पशुपतिनाथ मन्दिर यहि रुटमा परेकाले पनि यो रुटमा बढि नै सास्ती झेल्नुपर्छ । गाडीमा बस्ने ठाउ त के, ढोकामा झुन्डिने ठाउसम्म हुदैन ।
म्यानपावर हवका रुपमा रहेको काठमाडौंमा सिनामंगल देखि नयाँ बसपार्कसम्म सयौं म्यानपावर कम्पनी छन् । म्यानपावर धाउने युवाहरुको कनै कमी हुदैन यो रुटमा चल्ने बसमा । सन् ०१५ मा संगै एमए सकेका मेरा एक मित्रले लगातार चार बर्ष लोकसेवा आयोगको परिक्षा दिए । शहरमा नाम चलेको लोकसेवा तयारी केन्द्रबाट तयारी कक्षा लिए । तर , हात लाग्यो शुन्ने, भयो ।
केहिदिन अघि फेसबुक च्याटामा उहाँको म्यासेज आयो । “प्लेन चढ्न प¥यो खगेन्द्रजी, कुनै चिनेको नठग्ने म्यानपावर कम्पनी छैन” । उहाँको भनाइमा रोजगारी नपाएकोमा निरासा रहेको ठम्याउन सजिल्यै सकिन्थ्यो । हातमा पत्रकारिताको सटिफिकेट त छ । तर त्यसलाई सदुपयोग गर्ने न कला सिकायो । न अवसरका लागि उचित स्थान नै भेटियो । कहिकतै अवसर भेटिइहाले पारीश्रमिक नियमित छैन । केहि व्यवसाय गराैं । ऋण लिनुको विकल्प छैन ।
ऋण त लियो, बैंकमा ऋण सम्झौता गरेको मितिमा एउटा ब्याजदर हुन्छ । ब्याज तिर्न जादा ब्याजदर बढेर त्यही ब्याजले ढाँड खुस्काइसकेको हुन्छ । यतिका बर्ष लोकसेवा आयोगको तयारी गर्नुभयो, अब कुनै संस्थानमा कोसिस गर्नुहोस न , कसो नाम ननिक्लेला ?उहाँलाई संस्थानप्रति विश्वा नै थिएन । म्यासेज आयो , संस्थानमा फेयर परिक्षा नै हुदैन । नतिजामा चलखेल गर्छन् ।
उहाँका लागि एकदिनको सत्कार दिनेभन्दा मसंग अरु केहि उपाए नै छैन । भुकम्पले घर ढालिदिएपछि मेरो आफ्नै स्थायी बसोबासको ठेगान छैन । घरबार बीहिन भएको छु । कतै विदेमा राम्रो अवसर भेटे जाने सोचमा छु । अस्थायी संस्थाको अस्थायी जागिरले कति दिन जिन्दगी चलाउने ?
प्रधामन्त्रीले सडकका खाल्टा पुर्न दिएको आदेश त कार्यान्वयन गर्ने निकायले ऐलेसम्म टेरेका छैनन । मैले उहाँका लागि कहाँ सोर्स फोर्स गरिदिउँ ? ठाँउ नै थिएन । त्यसैले नेपालमै सकेको केहि गर्नुस भन्दै अफलाइन बसिदिए । अर्का एक मित्रले मन्टेश्वरी स्कुल चलाउन थालेको तिन बर्ष भयो । दुईबर्ष स्कुलको कमाइ र खर्च बराबरीमा धानेका उनलाई गएको बैशाख देखि सामान्य नाफा हुनथालेको थियो । स्कुलमा जति धेरै विद्यार्थी संख्या बढ्यो यति नै नाफा हुने न हो ।
स्कुलमा मुस्कीलले पच्चीस जना विद्यार्थी छन् । कति पटक म आफै त्यो स्कुल गएको छु । बालबालिकाको सिकाइका लागि आवश्यक भौतिक सामाग्री तथा पठन पाठनलाई निकै महत्व दिइएको छ । चौध महिनाको छोरा छोडेर बुढाबुढी आफै बिहान देखि बेलुकासम्म स्कुलमा भिडेका छन् ।
ब्यापार व्यवसाय नितान्त समाजसेवा मात्रै पनि त हैन । दुईचार पैसा नाफा होस भनेर नै लाग्ने हो । बिदेशमा बस्ने उनका घरधनी आएर यो आर्थिक बर्षदेखि लागु हुनेगरि स्कुलको भाडा बृद्धि गरिदिए । थोरै नाफामा चल्न थालेको व्यवसायमा घरभाडा, नगरपालिकाको विभिन्न शिर्षकको कर थपिदा व्यवसाय फेरि घाटामै पुगेको छ । त्यसैले अब उनि यो व्यवसाय छोडी विदेश अप्लाई गर्ने सोचमा छन् ।
“समृद्घ नेपाल, सुखि नेपाली” नारा लिएर नेकपाको नेतृत्वमा बहुमतको सरकार बनेको छ । प्रधानमन्त्रीका जोसिला र रोमन्चक भाषणले कहिलेकाही त अब चाहि केहि हुन्छ की भन्ने आशा पनि जगाउछ । तर ब्यवहारीक पाटो हेर्यो, चित्त बुझाउने बाटो कतै छैन । देशमा भएका संस्थाहरुबाट सेवा लिन चाकडी नगरि सुखै छैन । सरकारी संस्थाको कुरै नगरौं । शासन व्यवस्थामा आएको परिवर्तनले एकरत्ती पनि छोएको छैन । जागिर माग्दा देखि न्याय माग्नसम्म दर्खास्त नमिल्दा पनि निवेदन नै अस्वीकृत हुने अवस्थ छ ।
सहुलियत र सुविधामा पहुँचवालाकै हालिमुहाली भएको देख्दा, “समृद्धी नेपाल, सुखी नेपाली” को नारा उनिहरुकै लागि पो रहेछ जस्तो लाग्छ । अर्काले दिएको एकछाक मिठो खाएर के सुखी भएँ भन्नु । अर्को दिनदेखि उपचार गर्न नपाएको घाउले पोल्न थाल्छ ।
अरुकै सुख सुविधाका लागि हामी साधारण जनताले दुख र सास्ती कैलेसम्म व्यहोर्नु पर्ने हो थाहा छैन । हामीमाथि राज्यले गर्ने व्यवहारका कारण देशप्रतिको देशभक्त भावना त्यसै मरिरहेको छ । यहाँ जन्मनु नै गल्ती भएजस्तो लाग्छ । तर के गर्नु, न जन्म आफ्नो बसमा छ, न मृत्यु !
हरेका क्षेत्रमा रहेको कमिसनको विगविगिले वाक्क बनाएको छ । आफुले चाहेको देशको भिसा लागिहाल्ने भए यहा एक मिनेट पनि यहा नबसौ जस्तो हुन्छ । सधै सोचे जस्तो नहुने रैछ । अनि डिभी र पिआरको साहारा रोज्नुको विकल्प देख्दिन ।
@mefossils