
काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक चार कारोबार दिनदेखि २,६५० कै विन्दुमा स्थिर छ । गएको आइतबारदेखि बजार झिनो अंकले बढ्ने र घट्ने गरेको छ । आज १.०७ अंकले घटेर बजार २,६५३.६८ विन्दुमा बन्द भएको छ ।
आइतबार बजार २,६५५.८५ विन्दुमा थियो । सोमबार २,६५८.६६ र मंगलबार २,६५४.७५ विन्दुमा बन्द भएको थियो ।
यसदिन कारोबार रकम साढे दुई अर्ब रुपैयाँले बढेको छ । आज नौ अर्ब आठ करोड ५८ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । मंगलबार सात अर्ब ६५ करोड ३२ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।
आज ८८ कम्पनीको सेयरमूल्य बढेको छ । यस्तै, १५९ कम्पनीको सेयरमूल्य घटेको छ । बोटलर्स नेपाल (बालाजु)को सेयरमूल्य स्थिर छ । यस कम्पनीको सेयरमूल्य प्रतिकित्ता १६ हजार ७०० रुपैयाँ छ ।
आज पियोर इनर्जीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । जोसी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयरमूल्य ९.९० र यूनियन हाइड्रोपावरको सेयरमूल्य ९.९० प्रतिशतले बढेको छ । कर्पाेरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।
कारोबारमा आएका १३ मध्ये पाँच समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ । परिसूचक बढ्नेमा हाइड्रोपावर, जीवन बिमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फन्ड र व्यापार समूह छन् ।
हाइड्रोपावर समूहको परिसूचक ०.७० प्रतिशत, जीवन बिमा समूहको परिसूचक ०.१४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ०.३७ प्रतशित, म्युचुअल फन्ड समूहको ०.१९ प्रतिशत र व्यापार समूहको परिसूचक ०.१९ प्रतिशतले बढेको छ ।