देश
गोरखाको सानागाउँबाट ६ जना यात्रु बोकेर काठमाडौँ आउँदै गरेको निजी हेलिकप्टर कम्पनी अल्टिच्युट एयरको हेलिकप्टर बिहान ७ः४५ बजेबाट सम्पर्कविहीन भएको छ ।
त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार हेलिकप्टर बिहानै ८ः१८ मा अवतरण भइसक्नुपर्ने थियो । तर, अहिलेसम्म हेलिकप्टर सम्पर्कमा आएको छैन ।
“कल साइन ९एन–एएलएसको उक्त हेलिकप्टर क्याप्टेन निश्चल केसीले उडाएर काठमाडौँ ल्याउँदै थिए, बिहान ७ः४५ देखि नै उक्त हेलिकप्टर सम्पर्कमा छैन,” उनको भनाइ थियो ।
उनकाअनुसार हेलिकप्टर खोज्न अरू हेलिकप्टरसमेत पठाइसकिएको छ ।
एअर हेलकिप्टर्स कम्पनीमा निर्मित ६ सिटे उक्त हेलिकप्टर एएस३५०बी३इ सिरिजको हो ।
प्रकाशित मिति: शनिबार, भदौ २३, २०७५ १०:३१
प्रतिक्रिया दिनुहोस्