site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कस्तो हुनेछ आज काठमाडौंको मौसम ? 
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिमी र स्थानीय वायु तथा अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभाव रहँदा केही स्थानमा वर्षाको सम्भावना रहेको हो । 

दिउँसो कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ । 

कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । मधेस र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना छ ।

काठमाडौं उपत्यकामा छिटपुट वर्षाको सम्भावना रहेको छ । तर, यो सम्भावना निकै न्यून रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

काठमाडौंमा बिहान पौने ६ बजेको न्यूनतम तापक्रम १९ डिग्री सेल्सियस रहेको थियो । दिउँसो अधिकतम तापक्रम २७ देखि २९ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान रहेको विभागले जनाएको छ । 

विभागका अनुसार राति पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । 

देशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  ०६:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro