site stats
बाह्रखरी :: Baahrakhari
देश
गङ्गामायाले अनशन तोडिन्
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौँ । विगत केही दिनदेखि आमरण अनशनमा रहेकी गङ्गामाया अधिकारीले अनशन तोडेकी छन् । 
एक महिनादेखि औषधि र स्लाइन समेत नलिइकन वीर अस्पतालमा नै आमरण अनशन सुरु गरेकी गङ्गामायाले आजबाट अनशन तोडेकी हुन् । 
विस २०६१ मा मारिएका आफ्ना छोरा कृष्णप्रसादको हत्यारालाई कारबाहीको माग गर्दै निरन्तर ६ वर्षदेखि अनशनरत गङ्गामायाले अदालतको बयानका लागि अनशन तोडेकी हुन्। 
गंगामायाका तर्फबाट उक्त मुद्दा हेर्दै आएका कानुन व्यवसायी तथा मानवअधिकारकर्मी इन्द्र अर्यालका अनुसार यही असोज २ गते चितवन जिल्ला अदालतबाट त्यहाँका प्रशासनिक प्रमुख आफैँ गङ्गामायाको बयान लिन आउने भएपछि उनले असन तोडेकी हुन् । 
उनले भनिन्– बयान दिनकै लागि भए पनि बोल्नसक्ने अवस्थामा हुनुपर्ने भएकाले हामीले सास रहे न्याय पाइन्छ भनेर नै उहाँलाई अनशन तोड्न लगाएका हौँ ।’ 
विसं २०७२ पुस ६ गते सर्वोच्च अदालतले आरोपीमध्येका एक छविलाल पौडेललाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश दिए पनि सो आदेश कार्यान्वयन भएको थिएन । 
मानवअधिकारकर्मीको निरन्तर दबाबमूलक कार्यक्रमपछि चितवन अदालतका प्रशासनिक प्रमुख आफैँ काठमाडौँ आएर गङ्गामायाको बयान लिन लागेको हो । रासस 
प्रकाशित मिति: बुधबार, भदौ २९, २०७३  १६:४१
प्रतिक्रिया दिनुहोस्