site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
यसरी पुग्न सक्छ नेपाल विश्वकप छनोटको सुपर सिक्समा
Sarbottam CementSarbottam Cement

काठमाडौं । यतिबेला सबैको ध्यान फागुन २० गतेदेखि जिम्बावेमा सुरु भएको आईसीसी विश्वकप छनोट क्रिकेटमा छ । नेपाल पहिलो खेलमा पराजित भएसँगै सुपर सिक्समा पुग्छ कि पुग्दैन भन्ने निकै चासोको विषय बनेको छ । 

आईसीसी विश्वकप छनोटको आफ्नो पहिलो खेलमा नेपाल आयोजक जिम्बावेसँग ११६ रनले पराजित भएसँगै विभिन्न आँकडाहरू निकाल्न थालिएको छ । के अब नेपाल सुपर सिक्समा पुग्छ ? त्यसो त नेपाल सुपर सिक्समा पुग्ने र एक दिवसीय मान्यता पाउने उद्देश्यसहित जिम्बावे प्रस्थान गरेको थियो । 

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु मा राम्रो प्रदर्शन गर्दै विश्वकप छनोटमा प्रवेश गरेको नेपाल सबैभन्दा कमजोर मानिएको टिम हो । किनभने नेपालले डिभिजन टु बाट उपविजेता बन्दै यहाँसम्मको यात्रा पार गरेको हो भने विभिन्न समस्याले गुज्रिएको टिम हो, नेपाल । 

Prabhu Bank
Agni Group
NIC Asia

उद्देश्य ठूलो तर कठिन यात्रा पार गर्दै गरेको नेपाली क्रिकेट अफ्रिकन राष्ट्र जिम्बावेमा नेपाली झण्डा फरफराउन आतुर छन् तर उद्देश्यमा पुग्न निकै चुनौतीहरूको पार गर्नुपर्ने हुन्छ ।

सम्मानजनक हार
इतिहास रच्ने दाउमा रहेको नेपाल पहिलो खेलमा जिम्बावेसँग ११६ रनले पराजित भयो । यद्यपि नेपाली क्रिकेट इतिहासमा पहिलो पटक टेष्ट राष्ट्रसँग नेपालको यो सम्मानजनक हार हो ।
जिम्बावेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३८० रनको विशाल योगफल तयार पार्यो । सोमपाल कामीले पहिलो बलमा नै छक्का प्रहार गरे । जिम्बावेका खेलाडीले दोस्रो ओभरमा कप्तान पारस खड्काको बलिङमा १६ रन ल्याएपछि नेपाली बलर डगमगाएका थिए । सुरुवातमै आत्तिएका नेपाली बलरमाथि जिम्बावेका ब्याट्सम्यान निकै आक्रमक बने । 

Global Ime bank

जिम्बावेका मिडिल अर्डर ब्याट्सम्यान सिकन्दर राजाले शतकसहित १२३ र ब्रेन्डन टायलरले १०० रनको शतकीय पारी खेलेपछि नेपालले ३८१ रनको ठूलो चुनौती पाएको थियो ।
पछिल्लो प्रदर्शनलाई हेर्दा निकै फितलो देखिने नेपाली ब्याटिङसामु यो स्कोर सगरमाथाको उचाइभन्दा उच्च थियो । जवाफी ब्याटिङ थालेको नेपालको ९ रन हुँदा पहिलो विकेटको रुपमा दिलिप नाथ आउट भएपछि नेपाली इनिङ्स खराब हुने आशंकाहरु पैदा भएका थिए । तर, नेपालले जिम्बावेमाथि राम्रो रन बनाउँदै सम्मानजनक हार ब्यहोरेको छ ।

नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २६४ रन बनाउन सफल भयो । यो स्कोरले नेपालको ब्याटिङ सुधारिएको अपेक्षा गरिएको छ । जिम्बावेविरुद्ध नेपालका २ खेलाडीले अर्धशतक बनाए । शरद भेषवाकरले ५२ र आरिफ शेखले ५० रन बनाउँदै अर्धशतक बनाएका थिए । त्यस्तै, नेपालका लागि कप्तान पारसले ४०, ज्ञानेन्द्र मल्लले ३२ र रोहित कुमार पौडेलले ३० रन बनाए ।

३ खेलमा २ जित्नैपर्ने
पराजित भएसँगै नेपालको नेट रनरेट –२.३२० रहेको छ । आइतबार नै भएको खेलमा आफगानिस्तानलाई पराजित गरेको स्कटल्याण्डको ०.३०८ नेट रनरेट रहेको छ । अहिले समूह बी को पुछारमा नेपाल रहेको छ । तर सम्भावना भने सकिएको छैन । 

समूह बीमा नेपालभन्दा सबै राष्ट्र अब्बल छन् । जिम्बावे र अफगानिस्तान टेष्ट नेशन राष्ट्र हुन् भने स्कटल्याण्ड र हङकङ एक दिवसीय मान्यता प्राप्त राष्ट्र हुन् । त्यसकारण पनि नेपाल कमजोर मानिएको हो । 

सुपर सिक्समा पुग्नका लागि नेपालले कम्तिमा पनि दुई खेल जित्नैपर्ने हुन्छ । अब नेपालले समूह चरणको आफ्नो दोस्रो खेलमा फागुन २४ गते बिहीबार स्कटल्याण्डसँग खेल्दैछ । त्यस्तै, दोस्रो खेलमा नेपालले २६ गते अफगानिस्तानसँग खेल्दैछ । समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले हङकङसँग फागुन २८ गते सोमबार प्रतिस्पर्धा गर्दैछ । 

नेपालले खेल्ने अबको ३ खेलमध्ये २ खेलमा जित हात पारे सुपर सिक्समा पुग्न सक्छ । २ खेलमा जित हात पारेर मात्रै हुँदैन, नेपालले नेट रनरेट पनि सुधार गर्नुपर्ने हुन्छ । समूह ए र बीको शीर्ष ३ मा पर्ने राष्ट्रले सुपर सिक्समा स्थान बनाउने छन् ।

सुपर सिक्समा पुगे नेपालले थुप्रै अवसरहरू प्राप्त गर्नेछ । नेपालको आगामी भविष्य यही प्रतियोगिताले तय गर्ने हुँदा नेपालको लागि यो विश्वकप भन्दा कम छैन ।

जिम्बावे जानुअघि कप्तान पारसले भनेका थिए, “हाम्रो पहिलो लक्ष्य भनेको सुपर सिक्स पुग्ने हो । त्यसपछि हामी विश्वकपको सपना देख्न सक्छौं । त्यति सजिलो भने छैन । २ वटा राष्ट्रमात्रै विश्वकपमा छनोट हुने भएकाले कतिपय राष्ट्रले करिब २ वर्षदेखि नै अभ्यास थालेका छन् । अहिलेको लागि भनेको एक दिवसीय मान्यता पाउने र सुपर सिक्समा पुग्ने नै हो ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २१, २०७४  १४:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय