site stats
बाह्रखरी :: Baahrakhari
खेल
सहिद स्मृति राष्ट्रिय रग्वी सेभेन्स महिला प्रतियोगिता हुने

काठमाडौं । काठमाडौंमा सदिद स्मृति राष्ट्रिय रग्वी सेभेन्स महिला प्रतियोगिता हुने भएको छ । शुक्रबार आयोजक सहिद स्मृति स्पोर्टस् ऐकेडेमीले पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताबारेमा जानकारी दिएको हो । 

आयोजक सहिद स्मृति एकेडेमीका अनुसार, प्रतियोगिता यही जेठ १२ गते काठमाडौंस्थित दशरथ रंगशालामा हुनेछ । प्रतियोगितामा कुल सात टिमले सहभागिता जनाउने छन् । प्रतियोगिातमा वाग्मती, मधेस, कर्णाली, सुदूरपश्चिम र कोसी गरी पाँच प्रदेश तथा विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सहभागिता जनाउने बताइएको हो । यी टोलीहरूलाई दुई समूहमा विभाजन गरी खेल सञ्चालन गरिनेछ ।

Argakhachi Cement Island Ad

प्रतियोगिताको विजेताले एक लाख रुपैयाँसहित ट्रफी, मेडल, प्रमाणपत्र पाउनेछन् । त्यसैगरी उपविजेतालाई ५० हजार रुपैयाँसहित ट्रफी, मेडल, प्रमाणपत्र दिइनेछ । त्यसैगरी एक उत्कृष्ट खेलाडी छनोट गरी सात हजार रुपैयाँबाट पुरस्कृत गरिनेछ । 

प्रतियोगिताको अनुमानित बजेट १९ लाख रुपैयाँ रहेको छ । जसमा आयोजकले ११ लाख रुपैयाँ उपलब्ध गराउने र बाँकी खर्च नेपाल रग्वी संघले व्यहोर्ने जनाइएको छ । खेलाडीहरूका निम्ति एक लाख २५ हजार रुपैयाँको दुर्घटना बिमाको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  १७:०५
प्रतिक्रिया दिनुहोस्