site stats
बाह्रखरी :: Baahrakhari
विदेश
बंगलादेश सरकार प्रमुख युनुस राजीनामा दिने तयारीमा
फाइल तस्बिर ।

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले राजिनामा दिने तयारी गरेका छन् । यस विषयमा छलफल गर्न विद्यार्थी नेता तथा नेसनल सिटिजन पार्टीका संयोजक नाहिद इस्लामले युनुसलाई भेटेको बीबीसीले जनाएको छ ।

भेटमा युनुसनले अहिलेको अवस्थामा काम गर्न नसक्ने बताएको नाहिद इस्लामले बताएका छन् । “हामीले सर (युनुस)को राजीनामाको खबर सुनिरहेका थियौँ । त्यसैले म उहाँलाई भेट्न गएको हुँ । भेटमा उहाँले देशको अहिलेको अवस्थामा काम गर्न नसक्ने बताउनुभयो,” बीबीसी बांगलासँगको कुराकानीमा विद्यार्थी नेता इस्लामले भनेका छन् ।

Argakhachi Cement Island Ad

यसअघि, युनुसले सल्लाहकार सभाको बैठकमा देशको अवस्थाबारे असन्तुष्टि जनाएका थिए ।

अर्कोतिर, राजनीतिक दलहरूले पनि अन्तरिम सरकारविरुद्ध दबाब बढाइरहेका छन् । पूर्वप्रधानमन्त्री खालिदा जियाको पार्टी बीएनपीले बिहीबार अन्तरिम सरकारका केही सल्लाहकारलाई हटाउन माग गरेको थियो ।

बीबीसी हिन्दीबाट ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  १२:३२
प्रतिक्रिया दिनुहोस्