site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बिरामीको मृत्यु भएपछि भरतपुर सामुदायिक अस्पतालमा तनाव
Sarbottam CementSarbottam Cement

चितवन । चितवनको हस्पिटलरोडस्थित भरतपुर सामुदायिक अस्पतालमा ढाडको उपचार गराइरहेका एक बिरामीको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ ।

ढाडको अपरेशन गरेका रत्ननगर–१५, माधवपुरका ४५ वर्षीय सोमबहादुर तामाङको उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएपछि उनका आफन्तले अस्पताल बाहिर विरोधमा उत्रिएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बिरामी मृत्युपश्चात् तनाव भएपछि अहिले अस्पताललाई प्रहरीले सुरक्षा दिइरहेको छ । अस्पतालका चिकित्सक डा. कृष्ण पौडेलले सो बिरामीको हृदयाघातबाट निधन भएको जनाएका छन् ।

तर, मृतकका आफन्तले अस्पतालको लापरबाहीका कारण बिरामीको ज्यान गएको भन्दै चिकित्सकलाई कारबाही हुनुपर्ने माग गरेका छन् । फागुन ११ गते ढाडको अप्रेशन गरेका तामाङ सोमबार दिउँसो २ बजेसम्म आफन्तसँग कुराकानी गरिरहेका थिए । उनी अस्पतालको शौचालयमा लडेर हृदयाघात भएको अस्पतालको दाबी छ ।

Global Ime bank

तामाङको अप्रेशन हाडजोर्नी तथा नशारोग विषेशज्ञ डा. कृष्णप्रसाद पौडेललगायतको टिमले गरेको थियो । डा. पौडेलले मधुमेहका रोगीसमेत रहेका तामाङको हृदयाघात भएर मृत्यु भएको बताए । अस्पतालले सोमबार बेलुकी तामाङको मृत्यु भएको आफन्तलाई जानकारी गराएको थियो ।

अस्पताल परिसरमा उनका आफन्तहरु रोइकराइ गर्दै अस्पतालकै लापरबाहीबाट बिरामीको मृत्यु भएको भन्दै कारबाही गरिनुपर्ने माग गरेका छन् । यस सम्बन्धमा पीडित पक्ष र अस्पताल प्रशासनबीच वार्ता भइरहेको छ ।

चितवनमा निजी अस्पतालमा जथाभावी उपचार गर्दा बिरामीको मृत्यु हुने गरेको भन्दै स्थानीय आक्रोशित छन् । केही साताअघि भरतपुरकै नेशनल सिटी अस्पतालमा एक बिरामीको उपचारको क्रममा मृत्यु भएपछि अस्पतालले करिब ६ लाख रुपैयाँ क्षतिपूर्ति दिएर तनाव हल गरेको थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १५, २०७४  ०८:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय