site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नामिवियामा हिरो बनेका नेपाली खेलाडी
Sarbottam CementSarbottam Cement

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को उपविजेता बन्दै नेपाल विश्वकप छनोटमा पुगेको छ । विश्वकप छनोटमा पुगेसँगै नेपालले अनगिन्ति अवसर प्राप्त गरेको छ । 
नेपालसामु सन् २०१९ मा वेल्स र इंग्ल्याण्डमा हुने विश्वकपमा प्रवेश, एक दिवसीय मान्यता, चार दिवसीय इन्टर कन्टिनेन्टल कप र विश्व क्रिकेट लिग च्याम्पियनसिपमा प्रवेश गर्ने जस्ता अवसर छन् । डिभिजन टु ले नेपालको लागि फेरि पनि एउटा सुनौलो अवसर ल्याएको छ । नामिवियामा बिहीबार सम्पन्न डिभिजन टु मा उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई जिम्बावेमा फागुन २० देखि हुने विश्वकप छनोटमा पु¥याउन सबै खेलाडीले उतिकै योगदान दिएका छन् । टिम नेपालले उत्कृष्ट प्रदर्शन गरेपछि नै नेपालले विश्वकप छनोट यात्रामा पाइला टेकेको हो ।
नामिवियामा सम्पन्न खेलमा नेपाललाई विश्वकप छनोटमा पुर्याउन केही खेलाडीले महत्वपूर्ण योगदान दिए भने अविस्मरणीय प्रदर्शन पनि गरे । नामिवियामा हिरो बनेका यी हुन्, नेपाली खेलाडी ।

सन्दीप लामिछाने
सन्दीप लामिछाने नेपाली क्रिकेटका युवा खेलाडी हुन् । उनले डिभिजन टु मा सर्वाधिक १७ विकेट लिए । डिभिजन टु को प्लेयर अफ द सिरिज बनेका सन्दीपले प्रतियोगितामा उत्कृष्ट बलिङ गरे । उनकै उत्कृष्टतामा नेपाल विश्वकप छनोटमा स्थान बनाउन सफल भएको हो ।

सन्दीपले ६ खेलबाट १७ विकेट लिदा उनको इकोनोमी ३.२३ रहेको छ । उनले पूरै प्रतियोगितामा  ५४.२ ओभर ९ मेडनसहित १७६ रनमात्रै दिएका छन् । 
सन्दीपले पहिलो खेलमा नै नामिवियाका ४ विकेट लिएका थिए । ८.२ ओभर बलिङ गरेका सन्दीपले २ ओभर मेडन राख्दै १८ रन खर्चेर ४ विकेट लिएका थिए । नेपालले नामिवियालाई १ विकेटले पराजित गर्दा अन्तिममा बसन्त रेग्मीलाई सन्दीपले राम्रो साथ दिएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

दोस्रो खेलमा ओमनसँग नेपाल ६ विकेटले पराजित हुँदा सन्दीपले २ विकेट भने लिएका थिए । १० ओभर बलिङ गरेका सन्दिपले २९ रन खर्चेर २ विकेट लिएका थिए ।
लिग चरणको तेस्रो खेलमा नेपालको भेट युएईसँग भएको थियो । युएईलाई सस्तैमा समेट्ने क्रममा सन्दीपले ३ विकेट लिए । उनले ७ ओभर बलिङ गर्दै १ ओभर मेडनसहित ३० रन खर्चेर ३ विकेट लिन सफल भएका थिए ।

एकपछि अर्को खेलमा चम्किने क्रममा सन्दीपले केन्या विरुद्ध भने ५ विकेट लिन सफल भए । उनको यो एकै खेलमा सर्वाधिक विकेट पनि हो । उनले १० ओभर बलिङ गर्दै ५ ओभर मेडन राखेर २० रन खर्चिर्दै ५ विकेट लिएका थिए । 

Global Ime bank

लिग चरणको अन्तिम खेलमा सन्दीपले क्यानडा विरुद्ध पनि २ विकेट लिन सफल भए । क्यानडासँगको लिग चरणको अन्तिम खेलमा नेपाललाई १ विकेटको जित दिलाउन सन्दीपले पनि राम्रो भूमिका निभाएका थिए । त्यस्तै, सन्दिपले फाइनल खेलमा युएई विरुद्ध पनि १ विकेट लिए ।

पारस खड्का, कप्तान
नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का नेपालका यस्ता खेलाडी हुन्, जसले आफ्नो टिमलाई जतिबेला पनि जित दिलाउन सक्छन् । उनकै उत्कृष्ट प्रदर्शन तथा कप्तानीमा नेपाल विश्वकप छनोटमा पुग्न सफल भएको हो । 

कप्तान पारस नामिवियामा सम्पन्न आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु मा सर्वाधिक रन बनाउने खेलाडी पनि बने । उनले ६ खेलबाट २४१ रन बनाउदै अन्य देशका खेलाडी भन्दा यो प्रतियोगितामा बढि रन बनाउने खेलाडी बने ।

डिभिजन टु मा कप्तान पारसले १ शतक र १ अर्धशतक बनाए । उनले फाइनलमा युएई विरुद्ध शतक बनाएका थिए । उनले १०३ बलमा अविजित ११२ रन बनाएका थिए । उनको यो तेस्रो शतक हो । यसअघि सन् २०१२ मा कुवेत विरुद्ध कप्तान पारसले एसीसी ट्रफि इलिटमा १०६ रनको शतक बनाएका थिए भने सन् २०१६ मा काठमाडौंमा भएको आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नामिविया विरुद्ध पनि १०३ रन बनाउदै शतक प्रहार गरेका थिए ।

कप्तान पारस डिभिजन टु मा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी पनि बने । उनले युएई विरुद्धको फाइनल खेलमा ८ छक्का प्रहार गरेका थिए भने उनले सबै खेलमा गरी १५ छक्का प्रहार गरे ।

कप्तान पारसले लिग चरणको खेलमा पनि युएई विरुद्ध नै अर्धशतक बनाएका थिए । उनले ४८ बलमा ५ छक्का र २ चौकाको मद्दतमा ५१ रन बनाएका थिए । उनकै अर्धशतकमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको थियो ।

त्यस्तै, पारसले केन्या विरुद्ध पनि ४२ रन बनाएका थिए । यसबाहेक कप्तान पारसले नामिविया विरुद्ध १९ र ओमन विरुद्ध १७ रन बनाएका थिए । यद्यपी क्यानडा विरुद्ध भने उनी शुन्य रनमा नै आउट भएका थिए ।
अलराउण्डर कप्तान खड्काले बलिङतर्फ डिभिजन टु मा युएई विरुद्ध लिग चरणको खेलमा २ र नामिविया विरुद्ध १ विकेट लिए ।

करण केसी
करण केसी डिभिजन टु ले सफलताको शीखरमा पुर्याएका खेलाडी हुन् । उनकै कारण क्यानडासँगको लिग चरणको अन्तिम खेल नेपालले १ रनले जित्न सफल भयो । जितसँगै विश्वकपमा पनि करणले नेपाललाई पुर्याए । 

क्यानडाको खेलमा नेपाल हार नजिक थियो । नेपाललाई जितको लागि ५१ रन चाहिएको थियो मात्र ४७ बलमा । नेपालको बचेको थियो १ विकेट । यहि स्थितिलाई नियाल्ने हो भने क्यानडाको जित सुनिश्चित थियो । क्यानडेली खेलाडी पनि नेपाललाई पराजित गर्दै विश्वकप छनोटमा पुग्ने विश्वस्त थिए । तर, क्यानडेली खेलाडीको सपना करणले आफ्नो तुफानी ब्याटिङमा उडाइदिए र नेपाललाई विश्वकप छनोटमा कुशलतापूर्वक ल्याण्ड गराउन पनि करण सफल भए । 

अन्तिम ३ ओभरमा नेपाललाई जितको लागि ३० रन आवश्यक थियो । तर करण रोकिएनन् ।

अन्तिम ओभरमा बलिङ गर्न आए क्यानडाका सफल बलर केसिल पर्भिज । उनले ३ विकेट लिईसकेका थिए । करणले लगातार ४ बलसम्म डट खेलेपछि नेपाललाई अन्तिम २ बलमा ८ रन आवश्यक भयो । पाचौं बलमा करणले छक्का प्रहार गरे । अब भने नेपाललाई अन्तिम बलमा जितको लागि २ रन आवश्यक थियो । तर, पर्भिज निकै दबाबमा आएको हुदा अन्तिम बलमा वाइट फालेसँगै नेपालको स्कोर क्यानडासँग बराबरी भयो । अब मात्र १ बलमा १ रन आवश्यक थियो । अन्तिम बलमा करणले एक रन बटुल्दै नपाललाई १ विकेटको शनसनीपूर्ण जित दिलाए । उनी ४२ रनमा अविजित रहे भने उनले ३१ बलमा ४ छक्का र ३ चौका प्रहार गरे ।
यसरी नामिवियामा करण एकाएक हिरो बनेका थिए । अनि सारा नेपालीको ढुकढुकी ।

बसन्त रेग्मी
बसन्त रेग्मी बलर हुन् । तर, बेलाबेलामा परिआएको खण्डमा नेपाललाई जिताउन पनि माहिर छन् । नेपाल आफ्नो पहिलो खेलमा नै आयोजक नामिवियासँग पराजित हुन लागेको अवस्था थियो । नामिवियाले दिएको १३९ रनको झिनो चनौति पछ्याउँदै ब्याटिङ गरेको नेपालको उच्च स्तरका सबै ब्याट्सम्यान आउट भइसकेका थिए भने नेपाललाई अन्तिम २ ओभरमा १६ रन चाहिएको थियो । तर नेपालको विकेट भने १ मात्र थियो । 

अन्तिम २ ओभरमा १६ रन नेपाललाई चाहिँदा क्रिजमा ११ रनमा बसन्त रेग्मी थिए भने सन्दीप लामिछने शून्य रनमा । ४९ ओभर बलिङ गर्न आए नामिवियाका कप्तान सरेल बर्गर । बसन्तले ४८.४ ओभरमा बर्गरको बलमा छक्कासहित ९ रन बटुल्न सकेपछि अब नेपाललाई अन्तिम ओभरमा ७ रन आवश्यक थियो ।

खेल निकै रोमाञ्चक बनेको थियो भने क्रिकेट प्रेमीको धड्कन बढ्दै थियो । पहिलो खेलमा नै हारिन्छ कि भन्ने पिर पनि सबै खेलाडीलाई थियो । अन्तिम ओभरको पहिलो बलमै बसन्तले २ रन ल्याउन सफल भए । दोस्रो बलमा चौका प्रहार गरेपछि नेपालको स्कोर नामिवियासँग बराबरी भयो । अब जितको लागि १ रन आवश्यक थियो । तर, नामिवियाका जान फ्राइलिकले वाइट फालेपछि नेपालले महत्वपूर्ण १ विकेटको रोमाञ्चक जित निकाल्यो । यसको नायक बसन्त रेग्मी बने । 

बसन्तले यो खेलमा अविजित २४ रन बनाएका थिए । उनले २४ बलमा १ छक्का र २ चौका प्रहार गरेका थिए ।

बलिङमा पनि बसन्तले उत्कृष्ट प्रदर्शन नै गरे । विकेट निकाल्न नसकेपनि रन भने धेरै खर्चेनन् । उनले डिभिजन टु मा ७ विकेट लिन सफल भए । क्यानडा विरुद्ध उनले ३ विकेट लिएका थिए ।

रोहितकुमार पौडेल
रोहितकुमार पौडेल आश लाग्दा खेलाडी बनेर निस्केका छन् । हेर्दा सानो कदका भएपनि उनको उत्कृष्ट प्रदर्शनले सबैको मन जितेको छ । यु–१९ टिमका मुख्य सदस्य रोहितले सिनियर टिममा भने नामिवियाको खेलबाट डेब्यु गरे । डिभिजन टु को सबै खेलमा खेलेका रोहितले रन पनि राम्रै बनाएका छन् । 

उनले ६ खेलबाट १४० रन बनाएका छन् । रोहितले डिभिजन टु मा नेपाली खेलाडीले बनाएको सर्वाधिक रनमा दोस्रो स्थानमा छन् । शीर्ष स्थानमा कप्तान खड्का छन् । डेब्यु प्रतियोगितामै राम्रो प्रदर्शनले रोहितको भविष्य निकै सुन्दर रहेको छ । 

आफ्नो डेब्यु खेलमै उनले १७ रन बनाए । नामिविया विरुद्ध नेपाली खेलाडी शरद भेषवाकरले सर्वाधिक २९ रन बनाउदा रोहितको डेब्यु खेलमै १७ रन निकै राम्रो मानिन्छ ।
आफ्नो दोस्रो खेलमा नेपाल ओमनसँग १३८ रनमै अलआउट हुँदा रोहितले १४ रनको योगदान दिए । एकपछि अर्को राम्रो प्रदर्शन गर्ने क्रममा युएईलाई समूह चरणको खेलमा ४ किवेटले पराजित गर्दा रोहितले अविजित १२ रनको योगदान दिए ।

अघिल्लो ३ खेलमा निकै प्रशंसनीय प्रदर्शन गरेका रोहितले केन्या विरुद्ध भने अर्धशतक बनाउनबाट चुके । अर्धशतक बनाउनबाट ३ रनले चुकेका रोहित हतार गर्दा आफ्नै गल्तिको कारण रन आउट भए । उनी ४७ रनमा आउट भएका थिए ।

समूह चरणको अन्तिम खेलमा पनि रोहितले उत्कृष्ट प्रदर्शन गरेका थिए । नेपालका अनुभवि खेलाडी सस्तैमा आउट हुदा उनले बनाएको २७ रन माथिल्लो स्तरकै हो । 
फाइनल खेलमा पनि युएई विरुद्ध रोहितले २३ रन बनाए । विपक्षी बलरसामु रन चोर्न निकै माहिर मानिने रोहित नेपालका स्टार खेलाडी बन्न सक्छन् । अवसरको पर्खामा रहेका रोहितको प्रतिभा यो डिभिजन टु प्रतियोगिताले बाहिर ल्याएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ४, २०७४  १५:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय