site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सजिलो छैन नेपाललाई 
Sarbottam CementSarbottam Cement

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु प्रतियोगिता सुरु हुनुपूर्व नेपालले सफलता प्राप्त गर्ला भन्ने एकखालको अनुमान थियो, तर खेल सुरू भएपछि नेपालको बाटो निकै कठिन देखिएको छ ।

नेपालले जारी प्रतियोगितामा आफ्नो महत्वपूर्ण दुई खेल खेलिसकेको छ । एक खेलमा जित र एक खेलमा हार बेहारेको नेपालको अबको प्रतिस्पर्धा कस्तो होला त ?

अफ्रिकी देश नामिवियामा रहेको नेपाली क्रिकेट टिमको भविष्य जारी डिभिजन टुले निर्धारण गर्दैछ । प्रतियोगितामा नेपालले २ खेल खेलिसकेको छ भने अब लिग चरणमा ३ खेल खेल्न बाँकी छ । तर, नेपालले सोचेअनुरुपको प्रदर्शन भने गर्न सकेको छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

आफ्नो दोस्रो खेलमा कमजोर मानिएको ओमनसँग ६ विकेटले पराजित भएसँगै नेपालको बाटो कठिन देखिएको हो ।

नेपाली टिमका अनुभवी खेलाडी विनोद भण्डारीको भनाईलाई सापटी लिने हो भने पनि नेपाली क्रिकेट टिम अन्य टिमभन्दा बलियो टिममा गनिन्छ । 
त्यसो भए नेपाल कहाँ चुक्यो त ?

Global Ime bank

खराब ब्याटिङ

नेपाली खेलाडीको सबैभन्दा अब्बल पक्ष बलिङ नै हो । नेपालले सबै प्रतियोगिता तथा खेलमा धारिलो बलिङ गर्दै आईरहेका छन् र विपक्षीका ब्याट्सम्यान नेपाली बलरको उत्कृष्ट बलिङ थेग्न नसकेर सस्तैमा पेविलियन फर्किन बाध्य बनेका छन् । विषेशगरी सोमपाल कामी, सन्दीप लामिछाने, बसन्त रेग्मी, करण केसी, कप्तान पारस खड्का, शरद भेषावकरलाई यसको श्रेय जान्छ । 

तर यसको ठीक विपरीत छ, नेपालको ब्याटिङ । यसअघिका केही खेल पनि ब्याटिङकै कारणले पराजित हुनुपरेको छ । नेपालका अग्रपंक्तिका कुनै पनि ब्याट्सम्यान सोचेजसरी चल्न सकेका छैनन् । 

आगामी खेलमा नेपालको ब्याटिङमा सुधार आउला त ?

नेपाली टिमका अनुभवी खेलाडी विनोद भण्डारीको तर्क छ–“कुनै टिमलाई पनि सहज तरिकाले लिन मिल्दैन । हाम्रा २–३ वटा कमजोरी भए पनि जित हासिल गरिहाल्छौं भन्न गाह«ो छ । किनकी सबै टिम राम्रा छन् । त्यसले गर्दा पनि नेपाली खेलाडीले आफ्नो प्रदर्शन उत्कृष्ट राख्नैपर्छ ।”

क्यान बाधक ?

यतिबेला नेपाली खेलाडीको स्तर खस्किनुमा नेपाल क्रिकेट संघ (क्यान) बाधक जस्तै बनेको छ । व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर क्यानको नेतृत्व गर्न चाहने पदाधिकारीको चंगुलमा फसेकाले पनि त्यसको असर नेपाली टोलीमा परेको छ ।

यसरी नेपाल अघि बढ्न सक्छ

नेपाल अहिले प्रतियोगिताको तेस्रो स्थानमा छ । नेपालले अब लिग चरणमा ३ वटा खेल खेल्न बाँकी छ । केन्या, क्यानडा र युएईसँग नेपालले खेल खेल्नेछ । जसमा नेपालले आइतबार नै युएईसँग खेल्दैछ । नेपालविरुद्ध सधैँ युएई हावी हुने गरेको छ । क्यानाडामाथि पछिल्लो खेलमा जित हात पारेपनि केन्या नेपालको तगारोको रुपमै उभिने गरेको छ । त्यसकारण त्यति सहज छैन नेपाललाई ।

अबको सबै खेलमा शतप्रतिशत जित हात पारेमा नेपाल शीर्ष दुईमा पुग्नेछ । तर, नेपाल कुनै एक खेलमा मात्रै पराजित भए विश्व कप छनोटमा प्रवेश गर्ने अवसर कठिन हुन सक्छ । त्यसैले नेपालको यात्रा त्यति सजिलो भने छैन ।

तर असम्भव भने छैन । कप्तान पारस, ज्ञानेन्द्र र शरद मात्रै चलेमा पनि नेपालको जित सम्भव रहेको बताइन्छ । 

यो कुरामा विनोद पनि सहमत छन् । विनोद भन्छन् “सबै खेलाडीले राम्रो गर्न चाहँदा चाहँदै राम्रो नतिजा ननिस्किएको मात्रै हो । पारस, ज्ञानेन्द्र र शरद दाईलाई अन्य खेलाडीले राम्रो साथ दिने हो भने नेपाल एकदमै माथि पुग्छ । नेपालले जितेको म्याचमा हेर्ने हो भने पारस दाईको राम्रो प्रदर्शन हुने गरेको छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २७, २०७४  २१:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय