site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सन्दीप अार्इपीएलका लागि छनोट, यस्तो छ उनको क्रिकेट करिअर
SkywellSkywell

काठमाडौं । नेपालका युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने दिल्ली डेयरडेभिल्समा आबद्ध भएका छन् । सन्दीपलाई दिल्लीले आगामी अप्रिलमा हुने इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि अक्सनबाट २० लाख भारतीय रुपैयाँमा आफ्नो क्लबमा आवद्ध गरेको हो । आईपीएलका लागि छनोट हुने लामिछाने पहिलो नेपाली क्रिकेटर हुन् । 

यस्तो छ सन्दीपको क्रिकेट करिअर

विश्वकपमा ह्याट्रिक

KFC Island Ad
NIC Asia

सन्दीप लामिछाने नेपाली क्रिकेटका उदीयमान खेलाडी हुन् । यतिमात्रै नभएर विश्व क्रिकेट जगतकै ध्यान तान्न सक्ने प्रभावशाली खेलाडी हुन् उनी । सन् २०१६ मा बंगलादेशमा सम्पन्न आईसीसी यु–१९ विश्वकप क्रिकेटमा सन्दिपले आयरल्याण्ड विरुद्ध ह्याट्रिक विकेट लिएका थिए । पहिलो खेलमा नै न्युजील्यान्ड जस्तो बलियो टेष्ट राष्ट्रलाई ३२ रनले पराजित गरेको नेपालले दोस्रो खेलमा आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दै थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १३१ रनमात्रै बनाएको थियो । आयरल्यान्डका अग्रपंक्तिका ब्याट्सम्यानलाई आउट गर्ने क्रममा सन्दीपले ह्याट्रिक गरेका थिए । उनले खेलको ३१.४ ओभरमा लोर्कन टुकर, ३१.५ ओभरमा फायच्रा टुकर र ३१.६ ओभरमा एडम डेन्नीसनलाई आउट गर्दै ह्याट्रिक पूरा गरेका थिए ।
आयरल्यान्डविरुद्ध सन्दीपले १० ओभर बलिङ गर्दै २७ रन खर्चेर ५ विकेट लिएका थिए । आईसीसी यू–१९ विश्वकप क्रिकेटमा सन्दीप सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहे । पहिलो स्थानमा भने नामिवियाका फ्रिट्ज कोएत्जी भए । सन्दीपले विश्वकपमा १४ विकेट लिए भने कोएत्जीले १५ विकेट लिएका थिए ।

Royal Enfield Island Ad

आईसीसी यू–१९ विश्वकप छनोटमा २४ विकेट

गत साउनमा सिंगापुरमा सम्पन्न आईसीसी यू–१९ विश्वकपअन्तर्गत एसिया क्षेत्रको छनोटमा सन्दीपले नेपालले खेलेको सबै खेलमा उत्कृष्ट बलिङ गरेका थिए । उनले ६ खेलबाट २४ विकेट लिएका थिए । सन्दीपले पहिलो खेलमा आयोजक सिंगापुरविरुद्ध ५ विकेट लिएका थिए । निकै किफायती बलिङ गरेका सन्दीपले ८ ओभरमा २ मेडन राख्दै २१ रन खर्चेर ५ विकेट लिए । उनले २.६२ को इकोनोमीमा बलिङ गरेका थिए ।

दोस्रो खेलमा पनि सन्दीपले मलेसियाका ब्याट्सम्यानलाई ध्वस्तै बनाएका थिए । उनले यो खेलमा पनि ५ विकेट लिए । ८.५ ओभर बलिङ गरेका सन्दीपले १ मेडन राख्दै १७ रनमात्र खर्चेका थिए । तेस्रो खेलमा अफगानिस्तानसँग सन्दीपले ९.२ ओभर बलिङ गर्दै २ मेडन राखेर ३० रन खर्चिदै २ विकेट लिए । 

राउन्ड रोविनको आधारमा सञ्चालन खेलमा सन्दीपले पुनः सिंगापुरविरुद्ध १० ओभर बलिङ गर्दै ४ विकेट लिन सफल भए । सन्दीपले मलेसियासँगको पाँचौं खेलमा ७ विकेट लिएका थिए । ९.१ ओभर बलिङ गरेका सन्दीपले १ मेडन राख्दै मात्र १३ रन खर्चेर ७ विकेट लिएका थिए । 

छोटो समयमै छलाङ

सन् २००० मा जन्मिएका सन्दीपको क्रिकेट करियर भने चितवनबाट सुरु भएको हो । बाल्यकाल स्याङ्जामा बिताएका सन्दीपले क्रिकेट खेल्न थालेको लामो समय भएको छैन । क्रिकेट एसोसिएसन अफ चितवन एकेडेमीबाट नोभेम्बर २०१४ मा भर्ना भई क्रिकेट सिक्न थालेका सन्दीपले १०१६ मा डेब्यु गरेका थिए । 

२०१५ मार्च ४ तारिखमा चितवन गएका तत्कालीन नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले सन्दीपको खेल देखेर काठमाडौं बोलाएका थिए । अवसरको पर्खाइमा रहेका सन्दीपको क्रिकेट यात्रा त्यहीदेखि सुरुवात भएको हो ।

सामान्य परिवारमा जन्मिएका सन्दीप अहिले नेपाली सिनियर राष्ट्रिय टिमका पनि नियमित खेलाडी हुन् । उनले आईसीसी विश्व च्याम्पियनसिपअन्तर्गत नामिवियाको खेलमा राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । डेब्यु खेलमै सन्दीपले उत्कृष्ट बलिङ गरेका थिए । दुबै खेलमा नेपालले नामिवियालाई पराजित गरेको थियो । त्यसपछि सन्दीप नेपाली टिममा निरन्तर छन् । उमेर समूहमा पनि उनले पटक-पटक चामत्कारिक प्रदर्शन गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १४, २०७४  १४:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro