site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
आईसीसी प्रतिनिधि आउँदै, नेपालको सदस्यता खारेज हुन सक्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली क्रिकेट अहिले कठिन मोडमा छ । एकातिर ‘आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु’को चटारो छ भने अर्कोतिर नेपाल क्रिकेट संघ (क्यान) निलम्बनबाट सदस्य नै गुम्ने पीर छ । विभिन्न समस्याले गुज्रिएको नेपाल क्रिकेट संघ (क्यान) कतै अन्तर्राष्ट्रिय क्रिकेट परिषद्को सदस्यताबाटै खारेज हुने त होइन भन्ने आशंका पनि उत्तिकै छ । 
एकपछि अर्को छलाङ मारेको नेपाली क्रिकेटको अबको भविष्य कस्तो होला ? क्यान निलम्बन फुकुवा हुन्छ ? या सदस्यताबाटै खारेज ! यतिबेला क्रिकेट विश्लेषक तथा विज्ञहरू पनि दुई धु्रवमा देखिएका छन् । तर उनीहरूको मत भने एउटै छ, नेपाली क्रिकेटको दुर्गति नहोस् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का उपाध्यक्ष इमरान ख्वाजासहितको टोली शनिबार नेपाल क्रिकेट संघ (क्यान) सँग थप छलफलको लागि नेपाल आउँदैछ । आइतबार हुने महत्वपूर्ण छलफलमा क्यानका अध्यक्ष चतुरबहादुर चन्द र महासचिव अशोकनाथ प्याकुरेलले चित्तबुझ्दो जवाफ नदिएमा नेपाल आईसीसीको सदस्यबाट खारेज हुन सक्छ ।

आईसीसी किन भयो रुष्ट ?
आईसीसीले बनाएको सल्लाहकार समितिले बनाएको विधान क्यानको विशेष साधारणसभाबाट अनुमोदन गर्नुपर्ने थियो, तर २७ वटा बुँदा संशोधन गरेपछि आईसीसी रुष्ट बनेको थियो । आईसीसीले आगामी फेब्रुअरीमा हुने बोर्ड बैठकअघि नै चित्तबुझ्दो जवाफ पठाउन क्यानलाई पत्र पनि पठाएको थियो । क्यानका अध्यक्ष चन्द र महासचिव प्याकुरेल, सल्लाहकार समिति र सरकारी निकायसँग छलफल गर्न आईसीसीका प्रतिनिधि नेपाल आउन लागेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

गएको भदौ ६ र ७ गते काठमाडौंमा भएको क्यानको विशेष साधारणसभाले सल्लाहकार समितिले बनाएको विधानलाई अनुमोदन गर्नु भनेर आईसीसीले निर्देशन दिएको थियो । तर, आईसीसीको निर्देशनलाई बेवास्ता गर्दै अध्यक्ष चन्द र महासचिव प्याकुरेलले विधानलाई धेरै हेरफेर गरेका थिए । 

सल्लाहकार समितिका संयोजक विनयराज पाण्डेले क्यानले आफूखुशी विधान संशोधन गर्दा यस्तो दिन आएको बताए । उनले भने, “अध्यक्ष र महासचिव बसेको बैठक र छलफलबाट बनेको विधान विशेष साधारणसभाबाट किन संशोधन गरेको भनेर आईसीसीले सोधेको हो । उहाँहरूले त्यहीबेला अनुमोदन गरेको भए २०१७ को जुनमै नेपाल फुकुवा भइसकेको हुन्थ्यो । सकिसकेको कुरा हो तर उहाँहरूले लफडा बनाउनुभयो । आफूखुशी गर्नुभयो ।” 

Global Ime bank

सल्लाहकार समिति र क्यानका अध्यक्ष चन्द र महासचिव प्याकुरेलबीच विधान बनाउँदा ७–८ पटक नै बैठक बसेको थियो । त्यसो त समितिसँग लामो छलफलमा जुटेपछि निर्माण भएको विधान क्यानको विशेष साधारणसभाले पारित गर्ने सबैको सहमति भएको थियो । 

सल्लाहकार समितिले बनाएको विधान विशेष साधारणसभाले अनुमोदन मात्रै गर्नुपर्ने थियो होइन र ? भन्ने प्रश्नमा महासचिव प्याकुरेल भन्छन्, “होइन, जे बनाएर दियो त्यो अनुमोदन गर्ने हाम्रो जिम्मेवारी पनि होइन, म्यान्डेट पनि होइन । आईसीसीले दिएको प्रस्तावित विधानलाई विधिगत विशेष साधारण सभामा लगेर जाने हो । त्यसलाई पास गर्ने र त्यसमा भएको केही कुराहरूलाई संशोधन गर्ने अधिकार विशेष साधारणसभालाई थियो । त्यसैले विधानमा भएको २–३ वटा बुद्दा विशेष साधारणसभाले संशोधन गर्यो ।”

विधान संशोधनप्रति आईसीसी निकै रुष्ट भएको छ भने सल्लाहकार समिति पनि सन्तुष्ट छैन । सल्लाहकार समितिका संयोजक पाण्डे भन्छन्, “आईसीसी र सल्लाहकार समितिले विधान अनुमोदनको लागि क्यानलाई दिएको थियो । तर उहाँहरूले निकै संशोधन गर्नुभएको रहेछ । त्यसपछि आईसीसीले किन संशोधन गरेको भनेर पत्र पनि पठाएको थियो । चित्त बुझ्दो जवाफ नआए खारेजै गरिदिने भन्ने चेतावनी दिएको थियो । जवाफ पठायो कि पठाएन मलाई थाहा भएन । त्यही विषयमा छलफल गर्न आउन लागेको हो टोली ।”

क्यान महासचिव प्याकुरेल भन्छन्, “यो २७ वटा बुँदा संशोधन भन्ने कुराचाहिँ आईसीसीले नबुझेको हो । एउटा ठाउँमा संशोधन गर्दा अन्य ठाउँमा पनि संशोधन भएको हो । त्यसैले आईसीसीले २७ वटा बुँदामा संशोधन भएको सम्झेको हो । तर वास्तविक कुरा हामीले २–३ वटा बुँदामा मात्रै परिवर्तन गरेका हौं । यो कुरा हामी आईसीसीलाई बताउँछौं ।” 

कसरी सुरु भयो क्यान विवाद ?
२०७२ साल मंसिरमा क्यानका तत्कालिन उपाध्यक्ष चतुरबहादुर चन्द, महासचिव अशोकनाथ प्याकुरेललगायत पक्षले क्यानको अधिवेशन गर्यो । तर, क्यानकै तत्कालिन अध्यक्ष टंक आङबुहाङको पक्षले कोठे निर्णय र पारदर्शी नभएको भन्दै तत्काल अधिवेशन रोक्नका लागि राष्ट्रिय खेलकुद परिषद्मा लिखित उजुरी दिएको थियो । राखेपले निष्पक्ष र बैधानिक तरिकाले चुनाव नभएको भन्दै पर्यवेक्षक नै पठाएन ।

राखेपले चुनाव रोक्न तत्काल निर्देशन दिए पनि क्यानका चन्द र प्याकुरेलको पक्षले चुनाव रातारात गराएर छाडे, जुन चुनावबाट क्यानका अध्यक्षमा चन्द र महासचिवमा प्याकुरेल चुनिए । तर राखेपले कुनै पनि हालतमा निर्वाचित क्यानलाई मान्यता नदिने प्रष्ट पार्यो । 

त्यसको केही दिनमै राखेपले रमेश सिलवालको नेतृत्वमा तदर्थ समिति बनाएको थियो । क्यान विवादले उग्ररुप लिँदै गर्दा आईसीसीले २०७३ वैशाखमा क्यानलाई सरकारी हस्तक्षेप र निष्पक्ष नभएको भन्दै प्रतिबन्ध लगाएको थियो, जुन प्रतिबन्ध अहिले सदस्यता नै खारेजतफै मोडिएको छ ।

अब के हुन्छ ?
आईसीसीको एसोसिएट राष्ट्रमा बलियो मानिएको नेपाली क्रिकेट क्यानका केही व्यक्तिको स्वार्थको सिकार बनेको सरोकारवालाहरु बताउँछन् । क्यानको पद र नेतृत्व जबर्जस्ती आफ्नै पकडमा हुनुपर्छ भन्ने स्वार्थले यतिबेला नेपालले आईसीसीको सदस्य नै गुमाउने भय सिर्जना भएको छ । 

सल्लाहकार समितिका संयोजक पाण्डेले भने, “आफ्नो अडान तटस्थ राखेमा क्यान आईसीसीको सदस्यबाटै खारेज हुन सक्छ । आईसीसीको प्रतिनिधि आउन लागेको कारण तिमीहरू मान्ने कि नमान्ने भन्नु नै हो ।”

यता, क्यान भने अझै आफ्नो अडान निरन्तर रहने बताउँछ । बरु आईसीसीलाई दोष लगाइरहेको छ । महासचिव प्याकुरेलले आईसीसीप्रति नै शंका गर्दै भने, “आईसीसीले देशको ग्राउण्ड रियालिटीमा क्रिकेट के भइरहेको छ, स्टेकहोल्डर कुन–कुन हुन् भन्ने पहिचान गरेर टुंगोमा पुग्न चाहने हो भने यो सम्भव छ । आईसीसी नै टुंगोमा पुग्ने नियतले आउँदैन भने जति जे गरेपनि टुंगो लाग्ने छैन ।”

तपार्इंहरूले संशोधन गरेको विधानप्रति आईसीसीले नमानेको खण्डमा के होला ? भन्ने प्रश्नमा महासचिव प्याकुरेल भन्छन्, “त्यो दुर्भाग्य होला । आईसीसीले मान्नुपर्छ । नेपालको सदस्यता नै खारेज गर्ने वातावरण नआओस् भनेर नै हामी आईसीसीले गठन गरेको सल्लाहकार समितिमा गएको हो । सल्लाहकार समितिमा गइसकेपछि एउटामात्रै एजेण्डा के थियो भने विधान नयाँ बनाउने र अघि बढ्ने । विधानमा आईसीसीलाई चित्त बुझेको छैन भने त्यसैमा कुरा गरौं । नेपालको सदस्य नै खारेज गर्नुपर्छ भन्ने अवस्था छैन ।”
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ १२, २०७४  १५:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय