site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपालको लागि विश्वकप छनोट प्रवेश कति टाढा ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली क्रिकेट टिमको यतिबेलाको समय दैनिक टीयू क्रिकेट मैदानमा बित्ने गरेको छ । पुसको अन्तिम सातादेखि नेपाली टोली यसरी नै व्यस्त बनेको छ ।
नजिकिँदै गरेको नामिवियामा हुने आसन्न आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तयारीमा नेपाली टोली जुटेको हो ।

नेपाली टोलीका लागि अहलिे ब्याटिङ नै मुख्य चुनौती देखिएको छ ।

तर, डिभिजन २ मा सफलता हात पार्न नेपालले अप्ठ्यारा मोडहरू पार गर्नुपर्ने देखिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

डिभिजन २ को शीर्ष दुईमा परे नेपालका लागि थुप्रै अवसर मिल्नेछ भने शीर्ष दुई मा नपरे फेरि नेपाली क्रिकेट पछाडी धकेलिन सक्छ । विश्वकप छनोट प्रवेश तथा एक दिवसीय मान्यता प्राप्त गर्ने अवसर जस्ता मौका नेपालको लागि छ । तर त्यो त्यति सजिलो भने छैन । किनभने अहिले नेपालको तयारीले डिभिजन २ को शीर्ष दुईमा पर्ने या नपर्नेमै चिन्ता छ ।

तरपनि नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा भने कुनै पनि हालतमा डिभिजन २ को च्याम्पियन बन्ने बताउँछन् । मुख्य प्रशिक्षक टमटाले भने “उपाधि जित्ने नै हो । कोही हार्नका लागि जादैनन्, हामी राम्रो भन्दा राम्रो क्रिकेट खेल्दै नतिजा निकाल्छौं ।”

Global Ime bank

स्रोत साधन छैन

नेपालको तयारी अन्य देशको भन्दा निकै न्युन रहेको छ । डिभिजन २ मै रहेको यूएईले बलियो टिम आयरल्याण्ड र स्कटल्याण्डजस्ता देशसँग मैत्रीपूर्ण खेल खेल्नुका साथै अभ्यास गरिरहेको छ । तर नेपालको भने अहिलेसम्म घरैमा अभ्यास गरिरहेको छ भने थप अभ्यासको लागि युएईका स्थानीय क्लबसँग युएईमै खेल्नेछ ।

नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा पर्दा नेपाली क्रिकेट टिमको व्यवस्थापन तथा सेवा सुविधा पनि भद्रगोल नै भएको खेलाडीहरु बताउँछन् ।

नेपाली क्रिकेट टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल नै अभ्यासप्रति त्यति सन्तुष्ट छैनन् ।

उपकप्तान मल्लले भने “तयारी ठीकै भईरहेको छ । त्यस्तो उत्कृष्ट तयारी पनि भएको छैन । हामीसँग जे जस्तो हामीसँग पूर्वाधार र सुविधा छ त्यसैअनुसारको अभ्यास गरिरहेका छौं । हामी २–३ महिनादेखि क्रिकेटमा नै ब्यस्त नै छौ । युएई, इपिएल र त्यसपछि क्याम्प सुरु भयो । हाम्रो लागि यो नै राम्रो पक्ष हो ।”

यता, भेट्रान खेलाडी शक्ति गौचनलाई पनि मुख्य प्रतियोगिता आउँदा स्रोत साधन नहुँदा मन अमिलो भएको छ । आफ्नो तर्फबाट शतप्रतिशत दिने बताएका शक्ति भन्छन्, “आफ्नो तर्फबाट त सबै कुरा ठिकै छ । तर पनि चाहिने कुराहरू पूरा भएको छैन । जहिले पनि हामीले एउटै तरिकाले अभ्यास गरिरहेका छौं । बलिङ मेसिन छैन । आईसीसीले भन्दा पनि हाम्रो नेपाल क्रिकेट संघको विवादले गर्दा मुख्य प्रतियोगिताको लागि आवश्यक पर्ने सुविधाहरू उपलब्ध भएको छैन ।”

चुनौती ब्याटिङको
 

नेपाली क्रिकेटको सबैभन्दा सबल पक्ष बलिङ हो । उमेरसमूहदेखि नै नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय जगतमा बलिङमा निकै चर्चा पाउने गरेको छ । तर त्यसको ठीक विपरित ब्याटिङ छ । 

नेपालले खेलेको आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपलाई नै हेर्ने हो भने पनि नेपालको ब्याटिङ लाइन निकै फितलो देखिन्छ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालले कुनै पनि खेलमा २५० रन सम्मको स्कोर बनाउन सकेन । 

झनै पछिल्लो ३ खेललाई हेर्ने हो भने नेपालको ब्याटिङ लाइन निराशाजनक देखिन्छ । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हङकङ विरुद्ध नेपाल १११ रनमा नै अलआउट भएको थियो । नेपालका कुनै पनि खेलाडीले राम्रो स्कोर बनाउन सकेको थिएन । यद्यपी नेपालको बलिङ भने अब्बल नै शावित भएको थियो । हङकङलाई १९४ रनमा अलआउट गरेको थियो ।

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम राउण्डको खेलमा युएई विरुद्ध पनि नेपाल २ वटै खेलमा पराजित भएको थियो । पहिलो खेलमा २२१ रन बनाएको नेपालले दोस्रो खेलमा १३२ रनमा नै अलआउट भएको थियो । त्यसैले नेपालको ब्याटिङ लाइन अहिले उक्सिएकै हो भनिहाल्ने आधारहरू पनि छैन ।

तर, मुख्य प्रशिक्षक टमटा नेपालको ब्याटिङ सुधार भएको दाबी गर्छन् । “ब्याटिङमा केही सुधार हुनेछ । ओपनिङमा पहिलेदेखि नै समस्या देखिने गरेको छ । अहिले केही सुधार भएको छ । हामीले पनि ब्याटिङ राम्रो भएको पाएका छौं,” उनले भने । 

त्यसो त, नेपाली टोलीको ब्याटिङमा सुधार गर्नका लागि माघ ७ गते आइतबारदेखि नै ब्याटिङ प्रशिक्षकको रुपमा भारतीय प्रशिक्षक सुलक्षण कुलकर्णीलाई राखिएको छ । डिभिजन २ अवधिभर नेपाली क्रिकेट टिमसँगै रहने कुलकर्णीले ब्याटिङमा परिवर्तन ल्याउने सबैको आशा रहेको छ । 

उपकप्तान मल्ल ब्याटिङ एकैचोटी सुधार नभएपनि यसले दीर्घकालिन रुपमा प्रभाव पर्ने बताउँछन् । उपकप्तान मल्ल भन्छन्, “ब्याटिङ सुधार भईहाल्छ भन्ने पनि हुँदैन । समय लाग्छ । उहाँको अनुभवले हामीले केही परिवर्तन गर्न सकिन्छ । केही प्रतिशत हाम्रो सुधार भयो भने पनि राम्रो हुन्छ ।”

नयाँ खेलाडीको आगमन हुने
 

आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपाली टिममा नयाँ खेलाडीको आगमन हुने सम्भावना प्रवल रहेको छ । अहिले नेपाली टिमको क्लोज क्याम्पमा यु–१९ का खेलाडीको पनि बाहुल्य रहेको छ । पहिलो चरणको छनोटको अन्तिम २१ मा यु–१९ का ७ जना खेलाडी रहेका छन् । अनिल कुमार शाह, दिपेन्द्रसिंह ऐरी, किशोर महतो, ललित नारायण राजवंशी, रोहित कुमार पौडेल, राशिद खान र सन्दिप लामिछाने छन् ।

दिपेन्द्र र सन्दिपले बाहेक अन्य यु–१९ का खेलाडी सिनियर राष्ट्रिय टिममा परेका छैनन् । नेपालका नियमित खेलाडी विनोद भण्डारी र सागर पुन जस्ता खेलाडी टिम बाहिर रहँदा यो पटक नयाँ खेलाडीको आगमन हुने निश्चित जस्तै देखिएको छ ।

यसबारे नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा पनि सहमत छन् । प्रशिक्षक टमाटा भन्छन् “नयाँ खेलाडीको आगमन हुने सम्भावना छ । यो पटक टिममा धेरै यु–१९ का खेलाडीहरु नै छन् । उनीहरू प्रभावशाली पनि छन् । उनीहरू आफ्नो क्षमता देखाएरै यहाँसम्म आईपुगेका हुन् । उनीहरूको प्रतिभादेखेर नै कप्तान तथा छनोट कमिटीले यहाँसम्म ल्याएको हो ।” 

ओपनिङ कसले सम्हाल्ने ?
 

नेपाली क्रिकेट टिमको मुख्य समस्या ओपनिङ पनि हो । कुनै बेला राम्रो ओपनिङ गर्ने नेपाली क्रिकेट टिम पछिल्लो खेलहरूमा आफ्नो पहिलो विकेट छिट्टै गुमाउने गरेको प्रशिक्षक टमाटा बताउँछन् ।

विशेषगरी विकेटकिपर ब्याट्सम्यान सुवास खकुरेलको अभाव ओपनिङमा देखिने गरेको छ ।

अहिले क्लोज क्याम्पमा ३ जना ओपनिङ ब्याट्सम्यान रहेका छन् । उपकप्तान ज्ञानेन्द्र मल्ल, दिलिप नाथ र सुनिल धमला । यी तीन जना मध्यकै २ जना खेलाडीले आसन्न डिभिजन २ मा नेपालको ओपनिङ थेग्नेछन् ।

नेपालको ओपनिङ ब्याटिङ समस्याबारे प्रशिक्षक टमाटा भन्छन्, “ओपनिङमा ज्ञानेन्द्र मल्ल त निश्चित नै छ । त्यसमा शंका छैन । भूमिका चाँहि के हुन्छ भने यहि ओपनर भन्दा पनि टिमलाई कतिबेला कसलाई जरुरत पर्छ त्यहीअनुसारको तयारी छ ।”

माघ २५ देखि फागुन ३ गतेसम्म आयोजना हुने प्रतियोगितामा आयोजक नामिवियासँगै नेपाल, युएई, केन्या, क्यानाडा र ओमन रहेका छन् । डिभिजन २ को शीर्ष दुई टिमले आईसीसी विश्वकप छनोटमा प्रवेश गर्ने भएको कारण पनि नेपालको लागि यो निकै महत्वपूर्ण प्रतियोगिता हो ।

आफ्नो विपक्षी टिमबारे टमाटा भन्छन्,“हाम्रो लागि सबै टिम बलियो नै छ । हामीले राम्रो क्रिकेट खेल्नुपर्छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०७४  १५:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय