साहित्य
निर्बन्ध लेखनमाथि विमर्श

काठमाडौं । निर्बन्ध (आख्यान र काव्य) लेखनमाथि विमर्शका साथै रचनावाचन गोष्ठी हालै सम्पन्न गरिएको छ । स्याङ्जाको मिर्दीमा वैकल्पिक बाटो पृथक पाइलाद्वारा आयोजित कार्यक्रममा विभिन्न पुस्तकमाथि चर्चा गरियो ।
कार्यक्रममा मिलन समीरले ‘मान्छेको मृत्यु’, शम्भु अर्यालले ‘दिवस एक विद्रोह’, वसन्त खनालले ‘तिमीले बिर्सियौ भने’ र पारिश्वर न्यौपानेले ‘मलाई मन पर्छ’ शीर्षकका निर्बन्ध, काव्य र गुरुप्रसाद ढकालले निर्बन्ध गजल रचनावाचन गरेका मिलन समीरले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, भदौ १, २०८२ १३:१९
प्रतिक्रिया दिनुहोस्