
काठमाडौं । डेनमार्कमा बस्दै आएका कवि प्रकाश सापकोटाको कविता संग्रह ‘सन्नाटाका सुस्केरा’को प्रवास विमोचन सम्पन्न भएको छ ।
डेनमार्कको कोपेनहेगनमा आयोजित कार्यक्रममा नेपाली राजदूत सुम्निमा तुलाधरले सापकोटाको उक्त कृति विमोचन गरिन् । उनले कृतिभित्रको कविता पनि वाचन गरिन् ।
कवि सापकोटाले संग्रहभित्रबाट वाचन गरेका तीन फरक कविताका आधारमा कृष्ण पौडेल, उदयराज गौतम, नील थापा, कमलराज शर्माले समालोचनात्मक टिप्पणी गरे ।
छलफलमा दीपकराज रिजाल, नवीनराज पौडेल, वुद्धि सापकोटा, कृष्ण सागर, राधाकृष्ण (आरके) सापकोटा, रमेश घिमिरे, नारायण चापागाईंले कविताकृतिका बारेमा बोलेका थिए ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), डेनमार्क च्याप्टरको आयोजनामा च्याप्टरका अध्यक्ष पूर्ण बस्नेतले पनि बोले ।
कवितासंग्रह ‘सन्नाटाको सुस्केरा’ सुनकोसी वाङ्मय प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो ।