site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सिग्देलको बहुभाषिक कविताकृति ‘पेल स्याडोज एट डस्क’ लोकार्पित

काठमाडौं । कवि विश्व सिग्देलको बहुभाषिक कविताकृति ‘पेल स्याडोज एट डस्क’ सार्वजनिक गरिएको छ । शनिबार (साउन ३१) काठमाडौंमा वर्तमान कविता समूहद्वारा आयोजित कार्यक्रममा डा. हेमराज काफ्ले, डा.बलराम अधिकारी र कवि सिग्देलले कृति विमोचन गरे ।

डा. काफ्लेले विश्वको कवितासंग्रहले मानवीय भावनाका गहिरा तहलाई समेटेको धारणा राखे । डा. अधिकारीले कविताकृतिको विषयगत गहिराइबारे बोले ।

कार्यक्रममा कृतिभित्रको अंग्रेजी र जर्मन भाषाका कवितावाचन गरिएको थियो । कवि रजनी मिला, हरिश अधिकारी, भीष्म उप्रेती र अभय श्रेष्ठले अंग्रेजी अनुवाद वाचन गरे । निशान बेलबासे, साकृत सिग्देल, सेविका लिम्बू र प्रतीक्षा दाहालले जर्मन भाषाका कविता प्रस्तुत गरे ।

कवि सिग्देलले ‘पेल स्याडोज एट डस्क’ आफ्नो आत्ममन्थन र बाहिरी संसारको अवलोकन यात्रा भएको बताए । उनले पुस्तकको अंग्रेजी अनुवादक स्टर्मी हजारिका र जर्मनका स्वेन्याप्रति आभार व्यक्त गरे ।

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  १२:४८
प्रतिक्रिया दिनुहोस्