site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘रेडक्रसका चम्किला तारा’ सार्वजनिक

काठमाडौं । नेपाल रेडक्रससँग लामो समय आबद्ध रहेका पुष्पराज पौडेलद्वारा लिखित पुस्तक ‘रेडक्रसका चम्किला तारा’ एक समारोहबीच सार्वजनिक भएको छ । 

उक्त पुस्तक दिव्य शताब्दी पुरुष डा. गौरीशंकर लाल दास, रेडक्रसको तदर्थ समितिका अध्यक्ष वरिष्ठ अधिवक्ता विनोदकुमार शर्मा, विश्वकेशर मास्के, तीर्थराज वन्त लगायतले सार्वजनिक गरे । 

सार्वजनिक कृतिभित्र नेपाल रेडक्रस सोसाइटीमा योगदान दिएका स्वदेशी तथा विदेशी गरी ५३ जना अग्रजहरूको जीवनका विविध आयामहरू समेटिएको छ । 

कार्यक्रममा प्रमुख अतिथि डा. लाल दासले कृतिको महत्त्वबारे प्रकाश पारे । उक्त अवसरमा रेडक्रसको तदर्थ समितिका नव नियुक्त अध्यक्ष शर्मा, तीर्थराज वन्त लगायतले कृतिबारे चर्चा गरे ।

 

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  २३:३७
प्रतिक्रिया दिनुहोस्