site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायली प्रधानमन्त्री नेतन्याहूले भने– हामी गाजामा पूर्ण नियन्त्रण चाहन्छौँ

काठमाडौं । गाजामा सैन्य कारबाहीको योजनाहरूमा छलफल गर्न इजरायली सुरक्षा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

यसअघि, इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले फक्स न्युजसँगको कुराकानीमा गाजामा पूर्ण नियन्त्रण गर्ने  उद्देश्य रहेको बताएका थिए । 

हमासले जवाफमा नेतन्याहूले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न गाजामा बाँकी रहेका इजरायली बन्धकहरूलाई बलिदान गर्न तयार रहेको देखाएको चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसंघले पूर्ण सैन्य नियन्त्रणले प्यालेस्टिनी नागरिकहरू र इजरायली बन्धकहरूका लागि विनाशकारी परिणामहरू निम्त्याउनसक्ने चेतावनी दिएको छ ।  इजरस्थित बेलायतका राजदूतले यो ठूलो गल्ती हुने बताएका छन् ।

“हामी गाजाको पूर्ण नियन्त्रण चाहन्छौँ । हाम्रो सुरक्षालाई सुनिश्चित गर्न हामी त्यहाँबाट हमासलाई हटाउन चाहन्छौँ । हामी गाजालाई हमासको आतंकबाट मुक्त गर्न चाहन्छौँ,” नेतन्याहूले भने, “हामी गाजालाई यस्तो नागरिक प्रशासनलाई हस्तान्तरण चाहन्छौँ, हमास र इजरायलको विनाशको पक्षपोषण गर्ने कुनै निकाय नहोस् ।”

नेतन्याहूले उनीहरू गाजालाई आफ्नो कब्जामा राख्न नचाहने पनि बताए ।

फक्स न्युजसँग नेतन्याहूले भने, “हामी एउटा सुरक्षा घेरा चाहन्छौँ । हामी त्यहाँ शासन गर्न चाहँदैनौँ । हामी त्यहाँ प्रशासनिक निकायको रूपमा रहन चाहँदैनौँ ।”

पछिल्ला केही दिनदेखि सञ्चारमाध्यममा प्रधानमन्त्री नेतन्याहूले गाजामा पूर्ण नियन्त्रण गर्ने योजना बनाएको समाचार आइरहेका छन् ।

तर, इजरायलका विपक्षी नेता याइर लापिडले नेतन्याहूको गाजामा पूर्णनियन्त्रण लिने प्रस्तावलाई अर्को युद्ध र बन्धक तथा हत्याको प्रस्ताव भनेका छन् । बीबीसी

प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२  ०७:१९
प्रतिक्रिया दिनुहोस्