काठमाडौं । अमेरिकाले ३२.५ करोड डलर मूल्यको रुसी लग्जरी सुपरयाट अमाडियाको लिलामी गर्दै छ । यो सुपरयाट रूसको हो । अमेरिकाले युक्रेनमाथि रूसको आक्रमणपछि यसलाई जफत गरेको थियो ।
यो पहिलो रुसी सुपरयाट हो, जसलाई अमेरिकाले बिक्री गर्न लागेको हो । यो लिलामी सेप्टेम्बर १० सम्म चल्ने एबीसी न्युजले जनाएको छ ।
यो निर्णय यस्तो समयमा लिइएको छ, जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि युद्ध अन्त्य गर्न दबाब दिइरहेका छन् ।
अमेरिकाले आफ्ना सहयोगीहरूसँग मिलेर रूसका धनी व्यक्तिहरूमाथि दबाब बनाउने प्रयास गरिरहेको बताएको छ ।
ती व्यक्तिमध्ये केही पुटिनका नजिकका व्यक्ति रहेको र जसका सुपरयाटहरू जफत गरिएका छन् । ती व्यक्तिहरूले पुटिनलाई युद्ध रोक्न बाध्य पारुन् भन्ने अमेरिकी चाहना रहेको बताइएको छ ।
रुसी सुपरयाट अमाडियालाई अमेरिकाले तीन वर्षअघि जफत गरेको थियो । यो याट हाल सैन डिएगोमा राखिएको र यो ३४८ फिट लामो छ ।
यो याट जर्मन कम्पनी लुर्सेनले सन् २०१७ मा विशेषरूपमा निर्माण गरेको थियो ।
यसलाई फ्रान्स्वा जुरेट्टीले डिजाइन गरेका थिए । याटको भित्री भाग सिंगमरमरले बनेको छ । यसमा आठवटा राजकीय कक्ष, एक ब्यूटी सैलुन, एक स्पा, एक जिम, एक हेलिप्याड, एक स्विमिङ पूल र एउटा लिफ्ट छ । यो याटमा १६ जना पाहुना र ३६ जना चालक दलका सदस्यहरू बस्न सक्छन् । एबीसी न्युज