site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इरानसँग पेट्रोलको व्यापार गर्ने भारतीय कम्पनीमाथि अमेरिकाले लगायो प्रतिबन्ध

काठमाडौं । अमेरिकाले इरानसँग पेट्रोलियम पदार्थको व्यापार गर्ने भारतीय कम्पनीमाथि कडाइ गरेको छ । ट्रम्प प्रशासनले इरानको पेट्रोकेमिकल उत्पादहरूको बिक्री र खरिदमा संलग्न ६ भारतीय कम्पनीमाथि प्रतिबन्ध लगाएको हो । 

अमेरिकी विदेश मन्त्रालयले बुधबार इरान सरकारले अस्थिरता निम्त्याउने गतिविधिका लागि रकम जुटाइरहेको बताएको छ । जसले मध्यपूर्वमा द्वन्द्वलाई प्रोत्साहन गरिरहेको आरोप अमेरिकाको छ ।

अमेरिकी विदेश मन्त्रालयले भारत, संयुक्त अरब इमिरेट्स, टर्की र इन्डोनेसियाका धेरै कम्पनीलाई इरानी मूलको पेट्रोकेमिकल उत्पादन खरिदबिक्रीमा प्रतिबन्ध लगाइएको बताएको छ ।

प्रतिबन्धमा परेका कम्पनीले अब अमेरिकासँग व्यापार गर्न पाउने छैनन् । अब प्रतिबन्धित कम्पनीहरूको अमेरिकामा रहेको सबै सम्पत्ति रोक्का वा जफत गरिनेछ ।

यसबाहेक, अमेरिकी वित्त मन्त्रालयले इरानका सर्वोच्च नेता आयोतोल्लाह अली खामेनीका शीर्ष राजनीतिक सल्लाहकार अली शमखानीका छोरा मोहम्मद हुसैन शमखानीसँग सम्बन्धित ५० व्यक्ति र संस्थामाथि कडाइ गरेको छ । वित्त मन्त्रालयले यो सन् २०१८ पछिको इरानसँग सम्बन्धित सबैभन्दा ठूलो कारबाही भएको बताएको छ ।

वित्त मन्त्रालयले संयुक्त अरब इमिरेट्सका भारतीय नागरिक पंकज नागजीभाई पटेलमाथि पनि प्रतिबन्ध लगाएको छ ।

लाइभमिन्टबाट ।

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  १५:३४
प्रतिक्रिया दिनुहोस्