
काठमाडौं । ब्रिटेनका प्रधानमन्त्री किएर स्टार्मरले गाजामा भोकमरी र बालबालिकामा फैलिरहेको कुपोषण निवारणका निम्ति आफ्नो देशले हवाईमार्गबाट सहायता पुर्याउन भूमिका निभाउने बताएका छन् ।
एकतिहाइभन्दा बढी सांसदले यसअघि एउटा पत्रमा हस्ताक्षर गर्दै सरकारलाई प्यालेस्टाइनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिन आह्वान गरिएको थियो । इजरायलले शुक्रबार आउँदो दिनमा केही देशलाई गाजामा सहायता सामग्री खसाल्न अनुमति दिन सक्ने जनाएको थियो ।
प्रधानमन्त्री किएर स्टार्मरले द मिररमा लेखेका छन्, “इजरायलले गाजामा सहायता पुर्याउन देशहरूलाई एयरड्रपको अनुमति दिने खबर धेरै ढिलो आएको छ, तर हामी यो मार्गमार्फत सहायता पुर्याउन हरसम्भव प्रयास गर्नेछौँ ।”
स्टार्मरले गम्भीर चिकित्सीय सहायता आवश्यक पर्ने बालबालिकालाई उपचारका निम्ति ब्रिटेन ल्याउने प्रयासलाई द्रुतः बनाइने पनि बताए । बीबीसीबाट ।