देश

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)को सम्पूर्ण प्रणाली ठप्प भएको छ । लाइसेन्सका लागि फर्म भर्ने र छपाइसँग सम्बन्धित सबै सेवा ठप्प भएको हो ।
शुक्रबार एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या देखिएको र समाधान नहुँदासम्म अनलाइन आवेदन, अत्यावश्यक लाइसेन्स प्रिन्ट सेवा बन्द गरिएको जनाएको छ ।
नयाँ लाइसेन्स तथा नवीकरण गरेकाहरूले लामो समयदेखि लाइसेन्स पाएका छैनन् ।
प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२ १५:०२
प्रतिक्रिया दिनुहोस्