site stats
बाह्रखरी :: Baahrakhari
खेल
स्पेनिस गोलकिपर केपा आर्सनलमा

काठमाडौं । स्पेनिस गोलपिकर केपा अरिजाबालागालाई इंग्लिस प्रिमियर लिगकै अर्को क्लब आर्सनलले भित्र्याएको छ । आर्सनलले बुधबार केपालाई तीन वर्षको निम्ति पाँच मिलियन पाउन्डमा टोलीमा भित्र्याएको जनाएको हो । 

चेल्सीका व्यावसायिक खेलाडी रहे पनि केपाले गत सिजन बर्नमाउथबाट लोनमा खेलेका थिए । उनले बर्नमाउथबाट ३५ खेल खेलेका थिए । त्यसअघि उनले एक सिजन रियाल मड्रिडबाट लोनमा खेलेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“म आसर्नलमा अनुबन्ध हुन पाउँदा वास्तवमै खुसी र उत्सुक छु । मैले प्रशिक्षक माइकल आर्टेटा र इनाकीसँग कुरा गर्दा क्लबले उपाधि जित्ने संकल्प राखेको पाए । हामी सामूहिक एकताबाट सफलता हात पार्न सक्छौँ भन्ने विश्वास छ,” सम्झौतापछि केपाले भने । 

३० वर्षीय केपा सन् २०१८ मा कीर्तिमानी मूल्यसहित स्पेनिस क्लब एथ्लेटिक बिल्बाओबाट चेल्सीमा अनुबन्धित भएका थिए । उनलाई त्यसबेला चेल्सीले ७१ मिलियन पाउन्डमा भित्र्याएको थियो । गोलकिपर अनुबन्धमा यो हालसम्मकै सबैभन्दा ठूलो रकम हो ।  
   
केपाले चेल्सीबाट १६३ खेल खेलेका छन् । उनले क्लबबाट च्याम्पियन्स लिग, युरोपा लिग र क्लब विश्वकपको उपाधि उचालेका छन् ।

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  १६:४३
प्रतिक्रिया दिनुहोस्