site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युद्धविराम भएको ट्रम्पको घोषणापछि इजारायली आक्रमणमा ३० प्याटिस्टिनी मारिए

काठमाडौं । इजरायली सेनाको आक्रमणबाट गाजामा आजमात्र ३० जना प्याटिस्टिनीको मृत्यु भएको छ । गाजाभर सहायता खोज्ने र टेन्टमा आश्रय लिएका विस्थापित व्यक्तिहरूमाथि इजरायली सेनाले निसाना बनाएको अल्जजजिराले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा युद्धविराम गर्न इजरायल सहमत भएको घोषणा गरेपछि ३० प्याटिस्टिनी मारिएका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अमेरिका र इजरायलको समर्थनमा सञ्चालित गाजा ह्युमानिटेरियन फाउन्डेसन (जीएचएफ)को खाद्य वितरण केन्द्रमा खाद्य सामग्रीको प्रतीक्षामा रहेका प्यालेस्टाइनी मारिने क्रम बढ्दो छ । गाजामा खाद्य सामग्री खोज्ने क्रममा मारिने प्यालेस्टिनीको संख्या पाँच हप्तामा ६०० नाघिसकेको समाचारमा उल्लेख छ ।

संयुक्त राष्ट्रसंघले यी केन्द्रहरूलाई 'मृत्युको पासो' भनेको छ । गाजामा संयुक्त राष्ट्रसंघको उद्धार तथा मानवीय सहायता संस्थाका निर्देशक साम रोजले गाजाको अवस्था र सहायता वितरण केन्द्रनजिकै भइरहेका हत्या अकल्पनीयरूपमा खराब हुँदै गएको बताए । प्यालेस्टिनीलाई खाद्य सामग्रीको आवश्यकता हेर्दा अहिलेको अवस्था सुध्रने कुनै संकेत नदेखिएको बताए ।

पछिल्ला पाँच हप्तामा खाद्य सामग्रीको प्रतीक्षामा बसेका ६०० भन्दा बढी मानिस मारिएको सन्दर्भमा रोजले मानिसहरू खाद्य सामग्री प्राप्त गर्न असम्भव जोखिम लिइरहेकाले अहिलेको अवस्था आएको बताए ।

अल्जजिराबाट ।

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  १७:०६
प्रतिक्रिया दिनुहोस्