site stats
बाह्रखरी :: Baahrakhari
विदेश
युक्रेनविरुद्ध रुसको पक्षमा लड्न ३० हजार सेना पठाउँदै उत्तर कोरिया

काठमाडौं । उत्तर कोरियाले युक्रेनसँग लड्न रुसका लागि आफ्ना सैनिकहरूको संख्या तेब्बर गर्ने तयारी गरेको छ । 

मस्कोलाई सहयोग गर्न थप २५ देखि ३० हजार सैनिक पठाउने उत्तर कोरियाले तयारी गरिरहेको युक्रेनको गुप्चरलाई उदृत गर्दै सीएनएनले जनाएको छ । यी सैनिकहरू आगामी महिनामा रूस पुग्ने बताइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गत नोभेम्बरमा पठाइएका ११ हजार सैनिकहरूले रूसको कुस्र्क क्षेत्रमा युक्रेनको आक्रमण रोक्न सहयोग गरेका थिए । पश्चिमी अधिकारीहरूका अनुसार, तीमध्ये करिब चार हजार उत्तर कोरियाली सैनिक मारिएका छन् । तर, प्योङयाङ र मस्कोको सहकार्य त्यसपछि झन् फस्टाएको छ ।

सीएनएनले प्राप्त गरेको युक्रेनी मूल्यांकन प्रतिवेदनमा रूसी रक्षा मन्त्रालयले आवश्यक उपकरण, हतियार र गोलाबारुद प्रदान गर्न सक्षम रहेको छ । रूसी लडाकु एकाइहरूमा थप एकीकरणको उद्देश्य राखिएको उल्लेख छ । 
 
प्रतिवेदनमा रूसले कब्जा गरेको युक्रेनका क्षेत्रहरूमा, विशेषगरी ठूलठूला आक्रामक कारबाहीहरूमा उत्तर कोरियाली सैनिकहरू रूसी टोलीलाई बलियो बनाउन लडाइँमा संलग्न हुने सम्भावना छ ।

युक्रेनको रक्षा गुप्तचर एजेन्सीको मूल्यांकनअनुसार, रूसी सैन्य विमानहरूलाई कर्मचारी बोक्नका लागि परिमार्जन गरिँदै छ । यसले उत्तर कोरियासँग सिमाना जोडिएको रूसको साइबेरियामा हजारौँ विदेशी सैनिक स्थानान्तरण गर्ने विशाल कार्यलाई संकेत गर्छ । 

नयाँ तैनाथीको सम्भावित तयारीस्वरूप एक जहाज रूसी बन्दरगाहमा आइपुगेको छ । उत्तर कोरियाको सुनान विमानस्थलमा कार्गो विमानहरू देखिएको सीएनएनले प्राप्त गरेको स्याटेलाइट तस्बिरहरूमा देखिएको छ । सीएनएन

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  ०६:५५
प्रतिक्रिया दिनुहोस्