site stats
बाह्रखरी :: Baahrakhari
देश
हात्तीको आक्रमणबाट मृत्यु
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भद्रपुर । बिर्तामोड–७ फक्तालुङमा हात्तीको आक्रमणबाट एकजनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान शौचालय जान घरको आँगनमा निस्किएका ५९ वर्षीय लोकप्रसाद लिम्बू हात्तीको आक्रमणमा परेका थिए । 

गम्भीर घाइते भएका उनको  घटनास्थलमै मृत्यु भएको थियो । रासस

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  ०८:३५
प्रतिक्रिया दिनुहोस्