
काठमाडौं । पाकिस्तानले खैबर पख्तुन्ख्वाका प्रान्तमा भएको आत्मघाती बम आक्रमणलाई भारत प्रायोजित आतंकवादीले गरेको आरोप लगाएको छ ।
उत्तरी बजिरिस्तान जिल्लाको मिर अलीमा रहेको खादी मार्केट क्षेत्रमा भएको आत्मघाती बम आक्रमणमा १३ पाकिस्तानी सैनिक मारिएका थिए । अन्य १० सैनिक कर्मचारी तथा १९ सर्वसाधारण घाइते भएका छन् । आक्रमणकारीले विस्फोटक पदार्थले भरिएको एक गाडी सुरक्षा बलको गाडीसँग ठोक्काएपछि घटना घटेको बताइन्छ ।
पाकिस्तान सेनाको मिडिया शाखा इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर)ले एक वक्तव्यमार्फत फित्ना–अल–खवारिज नामको भारतले प्रायोजन गरेको समूहले आक्रमण गराएको बताएको हो । त्यो समूह तहरिक–ए–तालिबान पाकिस्तानसँग सम्बद्ध भएको वक्तव्यमा उल्लेख छ ।
तर, भारतीय विदेश मन्त्रालयले पाकिस्तानी सेनाले आपत्ति जनाएको छ । भारतले पाकिस्तानी आरोपलाई अस्वीकार गरेको छ ।
भारतीय विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै भनेको छ, “हामीले पाकिस्तानी सेनाको त्यो आधिकारिक वक्तव्य देखेका छौँ । जसमा २८ जुनमा बजिरिस्तानमा भएको हमलाका लागि भारतलाई जिम्मेवार ठहर्याइएको छ । हामी यसलाई पूर्णरूपमा अस्वीकार गर्छौं ।”
एनडीटीभीबाट ।