site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इरानका सर्वोच्च नेताले भने– अमेरिकाले हवाई आक्रमणबाट केही प्राप्त गरेन

काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले मंगलबार इजरायलसँग युद्धविराम सम्झौता भएपछिको आफ्नो पहिलो सम्बोधनमा आफ्नो देशको आणविक सुविधाहरूमाथि आक्रमण गरेर अमेरिकाले कुनै ठूलो उपलब्धि हासिल नगरेको बताएका छन् ।

खामेनीले उक्त आक्रमणले इरानको आणविक कार्यक्रमलाई कुनै महत्वपूर्ण अवरोध नभएको तर इरानले कतारमा रहेको अमेरिकी हवाई अड्डामाथिको ठूलो प्रहार गरेको बताए ।

अमेरिकाले इरानको आणविक महत्वाकांक्षालाई उसको आक्रमणले कमजोर पारेको दोहोर्‍याइरहेका बेला खामेनीको यो भनाइ आएको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सर्वोच्च नेताले बंकरमा आश्रय लिइरहेका र संचारबाट टाढा रहेको बताइएको थियो । इरानी अधिकारीहरूले बिहीबार उनले कहाँबाट बोलिरहेका थिए भन्ने खुलासा गरेनन् । यद्यपि, एक वरिष्ठ अधिकारीले यस हप्ताको सुरुमा उनी सुरक्षित स्थानमा रहेको स्वीकार गरेका थिए ।

खामेनीले बिहीबारको भिडियो सम्बोधनमा इरानमाथि पुनः आक्रमण भएमा मध्यपूर्वमा रहेका अमेरिकी अड्डाहरूमाथि थप आक्रमण गर्ने धम्की दिए । उनले इजरायल र अमेरिका दुवैमाथि विजयको घोषणा गरे ।

खामेनीले ट्रम्पले आणविक स्थलहरूमा भएको आक्रमणको प्रभावलाई बढाइचढाइ गरेको बताए । उनले  थपे, “उनीहरूले केही हासिल गर्न सकेनन् र आफ्नो उद्देश्य प्राप्त गर्न सकेनन् ।”

कतारमा रहेको अमेरिकी हवाई अड्डामाथिको आक्रमणलाई उल्लेख गर्दै खामेनीले भने, “यदि, कुनै आक्रमण भएमा यो घटना भविष्यमा दोहोरिन सक्छ ।”

बिहीबार अमेरिकी रक्षा सचिव पिट हेग्सेथले अमेरिका र इजरायलले संकलन गरेको गुप्तचर जानकारीले उक्त कारबाहीले आणविक कार्यक्रमलाई वर्षौंसम्म पछाडि धकेलेको संकेत गरेको बताएका थिए ।

यसअघि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानभित्रका तीन प्रमुख आणविक स्थलहरूमाथिको आक्रमणले तिनलाई पूर्णरूपमा नष्ट गरेको बताएका थिए । 

बिहीबार बिहान पेन्टागनमा वरिष्ठ जनरल ड्यान केनसँगै पत्रकार सम्मेलनमा बोल्दै हेग्सेथले इरान आक्रमणको मिसन ऐतिहासिक सफलता भएको बताएका थिए । यसले इरानी युरेनियम विकास केन्द्रहरूलाई निष्क्रिय बनाएको दाबी गरेका थिए ।

पत्रकार सम्मेलनमा रक्षमन्त्री हेग्सेथले फोर्डोस्थित गहिरो भूमिगत परमाणु सुविधालाई शक्तिशाली बंकर बस्टर बमहरूले निशाना बनाएको भन्दै युरेनियम आक्रमणअघि इरानले बाहिर लगेको कुनै गुप्तचर जानकारी नभएको पनि बताए । 

१३ जुनमा इजरायलसँग प्रत्यक्ष द्वन्द्व सुरु भएपछि धेरैजसो सार्वजनिक दृश्यबाट गायब भएका खामेनले बिहीबार बिहान टेलिभिजनमार्फत सम्बोधन जारी गर्दै एक हप्ताको सार्वजनिक मौनता तोडेका हुन् । बीबीसी

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  ०६:०५
प्रतिक्रिया दिनुहोस्