अर्थ व्यवसाय
-1750598314.jpg)
काठमाडौं । कास्कीस्थित वेगनास लेक फ्रन्ट रेष्टुरेन्ट र प्रभु बैंकबीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई छुट दिने गरी सम्झौता भएको छ । यो सम्झौतासँगै पोखरा महानगरपालिका–३१ मा रहेको उक्त रेष्टुरेन्टमा पाइने खाना तथा आवास सुविधामा प्रभु बैंकंका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकले १० प्रतिशत छुट पाउने भएका हुन् ।
सम्झौतापत्रमा वेगनास लेक फ्रन्ट रेष्टुरेन्टका तर्फबाट प्रोप्राइटर विश्वराज पौडेल र प्रभु बैंकका तर्फबाट तालचोक शाखा प्रबन्धक प्रकाश पौडेलले हस्ताक्षर गरेका छन् ।
प्रभु बैंकले नेपालभर ३११ शाखा कार्यालय, २८४ एटीएमका साथै ६९ एक्सटेन्सन काउन्टरमार्पmत सेवा दिँदै आएको छ ।
प्रकाशित मिति: आइतबार, असार ८, २०८२ १९:०४
प्रतिक्रिया दिनुहोस्