site stats
बाह्रखरी :: Baahrakhari
खेल
एमबाप्पे पाचुकाविरुद्धको खेलमा अनुपस्थित रहने

काठमाडौं । स्पेनिस क्लब रियाल मड्रिडका फरवार्ड केलियन एम्बाप्पे जारी फिफा क्लब विश्वकपअन्तर्गत पाचुकाविरुद्धको खेलमा अनुपस्थित हुने भएका छन् । आइतबार रियालले एमबाप्पे आजको खेलमा अनुपस्थित रहने जनाएको छ ।

क्लब विश्वकपअन्तर्गत समूह ‘एच’को खेलमा यी दुई टोलीबीच प्रतिस्पर्धा हुँदै छ । बैंक अफ अमेरिका रंगशालामा यो खेल नेपाली समयानुसार राति १२ः४५ बजे सुरु हुनेछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

रियालका अनुसार, एमबाप्पे शनिबार अभ्याससत्रमा पनि अनुपस्थित थिए । गएको साता पेटको समस्यामा कारण उनी मियामी एरिना हस्पिटलमा भर्ना भएका थिए ।

उनको स्वास्थ्य अवस्थामा सुधार आए पनि आइतबारको खेलमा उपस्थित हुने छैनन् । उनले यसअघि अल–हिलालविरुद्धको खेल पनि गुमाएका थिए ।
 

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  १२:५२
प्रतिक्रिया दिनुहोस्