site stats
बाह्रखरी :: Baahrakhari
देश
मकवानपुरमा भारी वर्षा, स–साना खोलाहरूमा आकस्मिक बाढी आउन सक्ने

काठमाडौं । मकवानपुरमा भारी वर्षा मापन गरिएको छ । पछिल्लो तीन घण्टामा मकवानपुरको हेटौँडा वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

सो क्षेत्र भई बहने कर्रा, सम्री, पूर्वी राप्ती नदी लगायत स–साना खोलाहरूमा आकस्मिक बाढी आउन सक्ने भएकोले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"शुक्रबार राति असार ६ राति ९:२० बजे मकवानपुरको हेटौँडा वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको छ । सो क्षेत्र भई बहने कर्रा, सम्री, पूर्वी राप्ती नदी लगायत स–साना खोलाहरूमा आकस्मिक बाढी आउन सक्ने भएकोले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनुहुनेहरूले आवश्यक सतर्कता अपनाऔँ," विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

त्यस्तै, मकवानपुरस्थित लाल बकैया खोला, जुरेली बजार जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेको छ । 

 

प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  २२:३९
प्रतिक्रिया दिनुहोस्